नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी मोडल र भेरिएन्टका कार उपलब्ध छन् । सुजुकीका ८ सय सीसी क्षमताको अल्टोदेखि १६ सय सीसी क्षमताको भिटारा एसयूभी समेतको कारोबार हुँदै आइरहेको छ ।

सुजुकी अल्टो, वागनआर, सेलेरियो, एस्प्रेसो, डिजायर, स्विफ्ट, भिटारा ब्रेजा, इग्निस, एसक्रस, बलेनो, अर्टिगा, सियाज, एक्लएस६ र भिटारा गरी कुल १४ मोडलको ४३ भेरिएन्टमा प्यासेन्जर कार उपलब्ध छन् । जसमध्ये सबैभन्दा सस्तो अल्टो ८०० एसटीडीको मूल्य १९ लाख ९ हजार र महंगो भिटारा एसयूभीको १ करोड ३ लाख रुपैयाँ पर्छ । सुजुकीसँग २५ लाख भन्दा कम मूल्यका कारमात्र ५ वटा छन् ।

सुजुकीसँग सस्तोदेखि महंगो भेरिएन्ट उपलब्ध भएपनि बिक्री भने प्रायः कम मूल्यका कारकै बढी हुने गरेको छ । नेपाली बजारमा गुड्ने ट्याक्सीमा सुजुकीको एकछत्र बजार छ । ट्याक्सीमा अल्टो ८०० को प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ ।

यसको सबैभन्दा सस्तो मोडल अल्टो एसटीडी, एलएक्सआई र भीएक्सआई गरी ३ भेरिएन्टमा उपलब्ध छ । जसमध्ये एलएक्सआईको मुल्य २१ लाख ९ हजार र भीएक्सआईको २३ लाख ९ हजार रुपैयाँ पर्छ । यी कार निजी साधनका रुपमा समेत प्रयोग हुँदै आइरहेका छन् ।

त्यसैगरी १ हजार सीसी क्षमताको एसयूभी लुक्सको एसप्रेसोको २ वटा भेरिएन्टको मूल्य समेत २५ लाख भन्दा कम छ । एसप्रेसो एसटीडीको मूल्य २३ लाख ४९ हजार र एलएक्सआईको २४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

आगामी भदौ ५ सम्म सुजुकी एक्सचेन्ज मेला हुने, प्रचलित मूल्य भन्दा थप १५ हजार पाइने

आगामी भदौ ५ सम्म सुजुकी एक्सचेन्ज मेला हुने, प्रचलित मूल्य भन्दा थप १५ हजार पाइने

काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी...

बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

मारुती सुजुकीले फ्यूल पम्प मोटर कम्पोनेन्टमा हुने सम्भावित त्रुटिका कारण...

३६० डिग्री क्यामेरा र विभिन्न फिचर सहितको यस्तो हुनेछ सुजुकीको नयाँ बलेनो ह्याचब्याक

३६० डिग्री क्यामेरा र विभिन्न फिचर सहितको यस्तो हुनेछ सुजुकीको नयाँ बलेनो ह्याचब्याक

मारुती सुजुकी बलेनोको नयाँ मोडलको फोटो र फिचर लन्च हुनुअघि नै लिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...