खुल्यो बीएस६ सुजुकी बर्गम्यान स्ट्रिटको प्रि–बुकिङ, ईसेवाबाट गर्दा १२ हजार सम्म छुट

काठमाडौं – नेपाली बजारमा सुजुकीको बीएस६ बर्गम्यान स्ट्रिट स्कुटर उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले यसको प्रि–बुकिङ गर्न सकिने बताएको छ ।

सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सको वेबसाइटमार्फत उक्त स्कुटर बुकिङ गर्न सकिने र ईसेवामार्फत अनलाइन पेमेन्ट गर्दा १२ हजार रुपैयाँ सम्म छुट उपलब्ध हुने बताइएको छ । आगामी सोमबार सम्मका लागि मात्र यो अवसर उपलब्ध गराइएको समेत कम्पनीको भनाइ छ ।

सुजुकीको उक्त बीएस६ मापदण्डयुक्त बर्गम्यान स्ट्रिट स्कुटरको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त स्कुटरमा १२४ सीसीको फोर सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ८.७ पीएस पावर र १० एनएम टर्क जेनेरेट गर्छ । एफआई इन्जिन तथा सीभीटी ट्रान्समिसनयुक्त उक्त स्कुटरमा किक र इलेक्ट्रिक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ ।

५.५ लिटरको इन्धन ट्यांकी भएको सो स्कुटरको सिट हाइट ७८० एमएम छ । त्यसैगरी २१.५ लिटरको अन्डर सिट स्टोरेज छ ।

सुजुकी बर्गम्यान स्ट्रिट १२५ एक प्रकारको म्याक्सी स्कुटर हो । म्याक्सी स्कुटर एक प्रकारको टुरिङ स्कुटर हो, जसले हावाबाट चालकलाई बचाउँछ ।

त्यसको लागि स्कुटरको अघिल्लो भागमा विशेष प्रकारको डिजाइन गरिएको हुन्छ र सामान्य स्कुटरभन्दा बढी आरामदायी हुन्छ ।

स्कुटरमा सहजताका लागि ड्युअल लगेज हुक, फ्लेक्जिबल फुट पोजिसन, स्पेसियस सिट, लक्जरियस एलईडी हेडलाइट र पोजिसन लाइट र मल्टी फङसनल फुल डिजिटल मिटर आदि उपलब्ध छन् । यी सबैका कारण छोटो मात्र होइन, लामो दूरीको यात्राका लागि समेत यो स्कुटर उपयोगी छ ।

दसैं पश्चात औपचारिक रुपमा यो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भएको भीजी अटोमोबाइल्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकी टु ह्विलर्स इन्डियाले चाँडै भारतमा सस्तो एड्भेन्चर बाइक लन्च गर्न...

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...

मारुती सुजुकीको नयाँ अल्टो २०२२ मा आउने

मारुती सुजुकीको नयाँ अल्टो २०२२ मा आउने

मारुती सुजुकीको नयाँ अल्टो कार परीक्षणको समयमा भारतीय सडकमा देखा परेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...