नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
सुजुकीले भारतमा बर्गम्यान इलेक्ट्रिक स्कुटर लन्च गर्ने सम्भावना देखिएको छ । परीक्षण गरिरहेको तस्बिर सार्वजनिक भएसँग यसको चर्चा चलेको हो ।
केहि महिना अगाडि सुजुकीका मार्केटिङ एण्ड सेल्स हेड देवाशीष होन्डाले भनेका थिए कि कम्पनीले भारतमा इलेक्ट्रिक टु ह्वीलरको बजार मुल्याङ्कन गरिरहेको छ । कम्पनीले इलेक्ट्रिक ब्यान्डवागनमा प्रवेशको लागि सहि समयको प्रतीक्षामा रहेको छ ।
एक अनलाइन पोर्टलले बर्गम्यान स्ट्रिट म्याक्सी स्कुटरको परीक्षण कालको २ फोटो सार्वजनिक गरेको थियो । परीक्षणको समयमा देखा परेको सो बाइक सेतो र निलो रङको रहेको छ । यद्यपि सुजुकीले भारतीय बजारका लागि इलेक्ट्रिक प्रविधिको विकास गरिरहेको जानकारी दिएको छ ।
सुजुकीले हाल परीक्षण गरिरहेको सो इलेक्ट्रिक बाइक एथर, बजाज, टीभीएस र अन्य साना स्टार्टअप स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । बर्गम्यान १२५ स्कुटर स्मार्टफोन कनेक्टिभिटीको साथमा लन्च हुनेछ । जसको मूल्य ८४ हजार ६ सय तोकिने सम्भावना रहेको छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...