किन बढी बिक्री हुन्छ ह्याचब्याक कार ? यस्ता छन् ५ कारण
ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको...
मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको छ । सो एसयूभीको इन्टेरियर र एक्सटेरियरको महत्वपूर्ण जानकारी खुलासा भएका छन् । सो एसयूभी भारतमा आज लन्च हुँदैछ ।
सुजुकी ब्रेजाको बेस भेरिएन्ट एलएक्सआईको भिडियो हाल सार्वजनिक भएको हो । यो भन्दा पहिले यसको टप भेरिएन्टको स्पाई सट देखिएको थियो । हाल सार्वजनिक भिडियो दीपक शाहले अनलाइनमा लिक गरेका थिए । उनले सो भिडियोमा एलएक्सआईको सम्पूर्ण विवरण खुलासा गरेका छन् ।
सो एसयूभीमा स्टिलको पाङ्ग्रा जडान गरिएको छ, तर एलईडी डीआरएल हटाइएको छ । कारको फ्रन्टमा हलोजन टर्न इन्डिकेटर, क्रोम स्लेट र ओआरभीएममा साइड टर्न इन्डिकेटर दिइएको छ । नयाँ ब्रेजा हालको मोडल भन्दा ठूलो देखिन्छ ।
कारको फ्रन्टको ग्रिल परिवर्तन गरिएको छ । यसमा लामो र पातलो आकारको एलईडी जडान गरिएको छ भने कैयौ सेक्शनमा एलईडीको प्रयोग गरिएको छ । एलएक्सआई बेस मोडलमा फगल्याम्प र सनरुफ समावेश गरिएको छैन ।
नयाँ ब्रेजा एलएक्सआईमा ३६० डिग्री क्यामेरा जडान गरिएको छ र यो क्यामेरा ९ इन्चको स्मार्टप्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँग जोडिनेछ । यो इन्फोटेनमेन्ट सिस्टमले वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले समर्थन गर्छ । क्यामेराको सहायताले कार भित्र बस्दा स्क्रिन वरपरका दृश्य हेर्न सकिनेछ ।
ब्रेजा एलएक्सआईको बेस मोडलमा ४ पावर विन्डो, रियर एसी भेन्ट ब्लोअरको स्पिड एडजेस्ट गर्न नब र यसको तल १२भी सकेट दिइएको छ । कारमा कुनै स्टेरियर वा म्युजिक सिस्टम भने हुने छैन ।
कारको स्टेयरिङमा कुनै नियन्त्रण हुनेछैन । पछाडिको सिटमा यात्रुको लागि कुनै हेडरेस्ट पनि छैन । यसमा पार्सल ट्रे पनि हुनेछैन । कारको टप भेरिएन्टमा एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा नयाँ र सुधारिएको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले पनि राखेका छन् ।
लिक भएको जानकारी अनुसार २०२२ ब्रेजा १० भेरिएन्टमा उपलब्ध हुनेछ । जसमध्ये ७ वटा भेरिएन्ट म्यानुअल र ३ वटा अटोमेटिक छन् । यी मध्ये ४ भेरिएन्ट एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस म्यानुअल ५ स्पिड ट्रान्समिसनमा उपलब्ध हुनेछन् भने भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस ६ स्पिड अटोमेटिक ट्रान्समिसन विकल्पमा पनि उपलब्ध हुनेछन् । सबै भेरिएन्टमा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको इन्जिन हुनेछ ।
ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको...
मारुति सुजुकीले ई–भिटारा सार्बजनिक गरेको लामो समयपछि यसको मूल्य बाहिर...
काठमाडौं – सुजुकी कार किन्नेहरुका लागि प्रतीक्षा समाप्त भएको छ । नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...