सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार, यस्ता छन् अन्य सुविधा

काठमाडौं– सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दशैं–तिहारलाई लक्षित गरी ‘बाडौं खुशी, चढौं सुजुकी’ नामको नयाँ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत सुजुकी बाईक खरिद गर्ने ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउनेछन् ।

कम्पनीका अनुसार यस वर्षको दशैं–तीहारमा सुजुकीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्काल १० हजार नगद छुट पाउनेछन् । यसैगरी सुजुकीको नयाँ बाईकसंग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाईक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन पाउन सकिने कम्पनीले जनाएको छ ।

सो नयाँ स्किम अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर निशुल्क पाउनेछन् । साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली बिजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीको भनाई छ ।

सुजुकीको नेपाली बजारमा बर्गम्यान, एभेनिस र एक्सेस सहित तीनवटा मोडलका स्कुटर उपलब्ध छन् भने मोटरसाइकलमा हायते, जीक्सर र इन्ट्रयुडर छन् ।

सम्बन्धित समाचारहरू

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

मारुती सुजुकीले आफ्नो सबै कारमा वारेन्टि अवधी बढाएको छ । यसअघि २ वर्ष...

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

२ बर्षभित्र ४ नयाँ एसयुभी ल्याउँदै मारुती सुजुकी

२ बर्षभित्र ४ नयाँ एसयुभी ल्याउँदै मारुती सुजुकी

भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी मारुती सुजुकीले अबको २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...