सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार, यस्ता छन् अन्य सुविधा

काठमाडौं– सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दशैं–तिहारलाई लक्षित गरी ‘बाडौं खुशी, चढौं सुजुकी’ नामको नयाँ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत सुजुकी बाईक खरिद गर्ने ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउनेछन् ।

कम्पनीका अनुसार यस वर्षको दशैं–तीहारमा सुजुकीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्काल १० हजार नगद छुट पाउनेछन् । यसैगरी सुजुकीको नयाँ बाईकसंग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाईक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन पाउन सकिने कम्पनीले जनाएको छ ।

सो नयाँ स्किम अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर निशुल्क पाउनेछन् । साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली बिजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीको भनाई छ ।

सुजुकीको नेपाली बजारमा बर्गम्यान, एभेनिस र एक्सेस सहित तीनवटा मोडलका स्कुटर उपलब्ध छन् भने मोटरसाइकलमा हायते, जीक्सर र इन्ट्रयुडर छन् ।

सम्बन्धित समाचारहरू

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत...

हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने

हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने

एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...

पल्सर २२० एफलाई मोडिफाई गरी सुजुकी हायबुसा जस्तै बनाइयो

पल्सर २२० एफलाई मोडिफाई गरी सुजुकी हायबुसा जस्तै बनाइयो

भारतमा हालसालै बिट्टो बाइक मोडिफिकेसनले पल्सर २२० एफलााई मोडिफाई गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...