बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
प्रिमियम ह्याचब्याक सेग्मेन्टमा नेपाली बजारको नेतृत्व लिन सफल सुजुकी बलेनोलाई टक्कर दिन हालै टाटा अल्ट्रोज भित्रिएको छ । यी दुबै कारमा उपलव्ध फिचर्स, पावर तथा पर्फमेन्स र सेफ्टी फिचर्स समान पाइए पनि केही विशेषताहरु फरक छन् ।
फिचर्स
सुजुकी बलेनोमा इन्ट्री र स्टार्ट, रियर पार्किङ सेन्सर र क्यामेरा, अटोमेटिक हेडल्याम्प्स र फलो मि ल्याम्प्स, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एपल कारप्ले एन्ड्रोइडको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट जस्ता फिचर्स उपलब्ध छ ।
कारको सबै भेरिएन्टमा ईबीडीको साथमा एबीएस र ड्युअल एयरब्याग्स पनि उपलब्ध रहेको छ । बलेनोमा ट्रयाक गर्न र यसको उपकरणहरुको स्थिति जान्नको लागि सुजुकी कनेक्टको प्रयोग गरिएको छ ।
त्यसैगरी, टाटा अल्ट्रोजमा इन्स्ट्रयुमेन्ट क्लस्टरमा टर्न बाई टर्न नेभिगेसन, रियर एसी भेन्ट, ह्यान्ड वेयरेबल की, हाइट एड्जस्टेबल ड्राइभर सिट, एफएटीसी, फग लाइट, अटो हेडल्याम्प, अघिल्लो भागमा रेन सेन्सिङ वाइपर, डिफगर सहितको स्मार्ट रियर वाइपर, ड्युअल च्याम्बर प्रोजेक्टर हेडल्याम्प, अलोय ह्विल, फ्रन्ट र रियर आर्म रेस्ट, डोर ह्यान्डल भित्र मेटल फिनिस, लेदर र्याप गरिएको स्टेयरिङ र गियर कभर, रियर सिट हेडरेस्ट र पावर आउटलेट जस्ता फिचर छन् । फिचर्सका हिसाबले टाटा बलेनोभन्दा अल्ट्रोज अगाडि देखिन्छ ।
इन्जिन तथा पर्फमेन्स
बलेनो १.२ लिटर भिभिटी इन्जिनमा उपलव्ध छ । यसको इन्जिनले ८२ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । बलेनोमा दुई वटा इन्जिनको विकल्प दिइएको छ । पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन तथा डिजेल इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ ।
त्यसैगरी अल्ट्रोज पेट्रोल र डिजेल गरी दुबै इन्जिन अप्सनमा उपलव्ध भए पनि नेपाली बजारमा भने तत्कालका लागि पेट्रोल भेरिएन्टमा मात्र उपलव्ध छ । यसको पेट्रोल भेरिएन्टमा १.२ लिटर रिभोट्रन इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८६ पीएस र टर्क ११३ एनएम रहेको छ । अल्ट्रोज ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलव्ध छ । पावरका हिसाबले बलेनोभन्दा अल्ट्रोज अगाडि देखिए पनि टर्क भने दुबै कारको समान छ ।
स्पेस र कन्फर्ट
बलेनोको लम्बाई ३९९५ एमएम, चौडाई १७४५ एमएम र ह्विलबेस २५२२ एमएम छ भने ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । यसको बुट स्पेस ३३९ लिटर छ । यसको कारणले गर्दा यसको क्याविन स्पेस ठूलो देखिन्छ । कारमा पाँच यात्रीको लागि उपयुक्त सिट रहेको छ । सो कारको रियर सिट निकै आरमदायी रहेको छ । धेरै स्पेस र आरामदायी भएको कारणले लामो दुरीको लागि सो कार निकै उपयुक्त रहेको छ । त्यसैगरी अल्ट्रोजको लम्बाई ३९९० एमएम, चौडाई १७७५ एमएम र ह्विलबेस २५०१ एमएम छ भने ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । यसको बुट स्पेस ३४५ लिटर छ । ह्विल बेस र ग्राउन्ड क्लियरेन्सका मामिलामा बलेनो अल्ट्रोजको तुलनामा अगाडि देखिन्छ ।
मूल्य र माइलेज
कुनै पनि कारमा माइलेजले निकै ठूलो भूमिका खेलेको हुन्छ, जुन बलेनोमा पाइन्छ । नेपाली बजारमा बलेनो डेल्टा, बलेनो जिटा र बलेनो अल्फा गरी तीन भेरिएन्टमा यो कार उपलब्ध छ । यी कारको मूल्य क्रमशः ३३ लाख ९९ हजार, ३६ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । डिजेल इन्जिनको बलेनोले २७.३९ किलोमिटर प्रतिलिटर र पेट्रोल इन्जिनमा २१.४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।
त्यसैगरी एक्सई, एक्सएम, एक्सटी र एक्सजेड गरी चार भेरिएन्टमा टाटा अल्ट्रोज उपलब्ध छ । यी कारको मुल्य एक्सईको २९ लाख ९९ हजार, एक्सएमको ३२ लाख ५५ हजार, एक्सटीको ३५ लाख ५५ हजार र एक्सजेडको ३८ लाख ५५ हजार रुपैयाँ छ । अल्ट्रोले १९. ५ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको छ । बेस र हाई भेरियन्टको मूल्यलाई तुलना गर्दा अल्ट्रोज भन्दा बलेनो केही महंगो छ भने माइलेजको कुरा गर्दा बलेनो अगाडि छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...