यस्ता छन् मारुती सुज़ुकीको पहिलो इलेक्ट्रिक कार ई-भिटाराका ५ विशेषता
मारुती सुजुकीले ई-भिटाराको माध्यमबाट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा...
काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ अर्को साता नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ ।
यो भन्दा पहिले नै नेपाली बजारमा उपलब्ध गराउने बताउदै आए पनि विभिन्न कारणले यो स्कुटरको लन्चिङ समयमा ढिलाई हुँदै आएको छ । प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतीक्षा बनेको मानिन्छ ।
यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ ।
सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।
सुजुकी एभेनिसमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप पेश गरिएको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ । एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ । सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ । जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छ ।
सुजुकी एभेनिस कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिेकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ । त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।
न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी हुने कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिेकेशन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ । जसमार्फत राइडरले टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्री स्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।
विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध हुने सुजुकी एभेनिसको नेपाली बजार मूल्य भने कम्पनीले लन्चिङ समयमा सार्वजनिक गर्ने बताएको छ ।
मारुती सुजुकीले ई-भिटाराको माध्यमबाट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा...
जापानी कार निर्माता कम्पनी सुजुकीले घरेलु बजारमा वागनआर स्माइल लन्च गरेको...
मारुती सुजुकीले यसै वर्षको अगस्ट ३ देखी सेप्टेम्वर १ सम्म उत्पादन भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...