गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सर्भिस दिन सुजुकीले ल्यायो ‘वर्कशप अन ह्विल’
सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन...
काठमाडौं – नेपाली बजारमा सुजुकी एभेनिस स्कुटर भित्रिने भएको छ । नेपालमा सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले केही समयमै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।
नेपाली बजारमा प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै सुजुकीले समेत नयाँ मोडलको स्कुटर ल्याउने भएको हो । भीजी सुजुकीले प्रिमियम स्कुटरको खोजीमा रहेका ग्राहकको आवश्यकता पुरा गर्न १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।
भारतीय बजारमा केही महिनाअघि सार्वजनिक भएको सुजुकी एभेनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको छ। नेपाली बजारमा समेत यही सेगमेन्टका स्कुटरको माग बढ्दै गएकाले धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
पछिल्लो समय दुईपांग्रे सवारी प्रयोगकर्ताहरुले मोटरसाइकल र स्कुटर समान रुपमै रोज्न थालेका छन्। विगतमा मोटरसाइकल पुरुषहरुले खरिद गर्ने र स्कुटर महिलाले खरिद गर्ने जस्तो खालको बुझाइ थियो। तर स्कुटरमा आएको बदलाव, समावेश भएको विशेषता, मोटरसाइकलमा जस्तै पावर, युनिसेक्स डिजाइनले स्कुटर धेरैको रोजाइमा पर्दै आएको छ।
यस्तैमा बजारमा दर्जनौं ब्रान्डका स्कुटर उपलब्ध रहेका छन्। त्यसमा पनि जापनिज ब्रान्डका स्कुटरप्रति उपभोक्ताको चासो धेरै हुने गरेको छ। नेपाली बजारमा उपलब्ध जापानीज ब्रान्ड मध्येको एक हो सुजुकी ब्रान्ड। विगत लामो समयदेखि सुजुकी ब्रान्डका स्कुटर तथा मोटरसाइकल बिक्री हुँदै आएको छ।
सुजुकीका मोटरसाइकल तथा स्कुटर नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। सुजुकीको जिक्सर धेरै रुचाइएको प्रिमियम सेगमेन्टको मोटरसाइकल हो भने स्कुटर प्रेमीका लागि सुजुकी बर्गम्यान स्कुटर पहिलो रोजाइ बन्ने गरेको छ।
अब सुजुकी एभेनिस भित्रिए पश्चात भने नेपालमा लोकप्रिय मानिएका टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोलाई यो स्कुटरले कडा टक्कर दिने अनुमान गरिएको छ ।
स्कुटर बजार विस्तार भएसँगै विभिन्न ब्रान्डका अनेकन मोडलका स्कुटर नेपाली बजारमा उलब्ध रहेका छन्। अहिले स्कुटरलाई उत्पादक कम्पनीहरूले नै ‘युनिसेक्स’ सवारीका रुपमा ब्रन्डिङ गर्दै आएका छन्। त्यसैले पछिल्लो समय स्कुटर चढ्नेहरूको संख्या नेपालमा पनि बढ्दै गएको तथ्यांक छ।
नेपाली बजारमा हाल दुई दर्जनभन्दा बढी मोडलका स्कुटर उपलब्ध हुँदै आएको छ। सहरी यात्राका लागि स्कुटर उपयोगी हुने भएकाले पनि धेरैको रोजाइमा परेको हो। त्यस्तै चारपांग्रे सवारी हुनेले समेत एउटा स्कुटर खरिद गर्ने गरेकाले पनि स्कुटरको माग बढ्दै भएको व्यवसायीहरूको भनाइ छ।
सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन...
मारुती सुजुकीको मिड साइज एसयूभी ग्राण्ड भिटारा लन्च भएको २ वर्षभन्दा कम...
सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...