यस्तो छ नेपाल आउने तयारीमा रहेको नयाँ अल्टो के१०
मारुती सुजुकीको इन्ट्रि लेवल ह्याचव्याक अल्टो के१० नेपाल आउने...
काठमाडौं – नेपाली बजारमा हिजो सुजुकीको नयाँ स्पोर्टी स्कुटर ‘एभेनिस’ भित्रिएको छ । एक कार्यक्रमका बीच नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इन्डिया प्रालिका इन्टरनेसनल मार्केटिङ म्यानेजर सशांक तलवार र भीजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले संयुक्त रुपमा सो स्कुटर सार्वजनिक गरे ।
आत आकर्षक र मोडर्न डिजाइन भएको सुजुकी एभेनिस स्कुटर जेनेरेसन जेड अर्थात युवा पुस्तालाई लक्ष्यित गरी ल्याइएको कम्पनीको भनाइ छ । पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटरमा एड्भान्स्ड स्पोर्टी स्टाइलिङ, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प, यूएसबी सहितको फ्रन्ट फ्युल बक्स, एक्सटर्नल हिन्ज टाइप फ्युल क्याप, अन्डर सिट स्टोरेज स्पेस र मोटरसाइकल इन्स्पायर्ड रियर इन्डिकेटर आदि उपलब्ध छन् ।
सुजुकीका मोटरसाइकल वा स्कुटर टेक्नोलोजी र स्मुथ पर्फमेन्सलाई ध्यान दिएर बनाइने भएकाले धेरैले रुचाउने गरेको कम्पनीको भनाइ छ । यो स्कुटरको मूल्य ३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी विएस६ इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।
अब सुजुकी एभेनिस भित्रिए पश्चात भने नेपालमा लोकप्रिय मानिएका टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोलाई यो स्कुटरले कडा टक्कर दिने अनुमान गरिएको छ ।
सुजुकी एभेनिसको वारेमा थप जानकारीका लागि यो लिंक क्लिक गर्न सकिन्छ ।
मारुती सुजुकीको इन्ट्रि लेवल ह्याचव्याक अल्टो के१० नेपाल आउने...
मारुती सुजुकीले फ्रङ्क्सको नयाँ स्पेशल एडिसन टर्बो भेलोसिटी सार्वजनिक...
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...