१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको रोजाइमा पर्न सफल सर्बाधिक लोकप्रिय ब्रान्ड समेत हो । इन्ट्रि लेवलको सस्तो ह्याचव्याक अल्टोदेखी सर्बाधिक रुचाइएको मिड साइज एयुभी भिटरा ब्रेजा सहित सुजुकीको नेपाली बजारमा डेढ दर्जन मोडलका कार उपलब्ध छन् । यी सबै मोडलले आ–आफ्नो सेग्मेन्टमा बजारको नेतृत्व गरिरहेको छ ।

कार सेग्मेन्टमा सबैभन्दा ठूलो सेल्स, सर्भिस र स्पेयर पार्ट्स नेटवर्क भएकाले सुजुकी गाडी खरिद गरेपछि आफ्टर सेल्स सर्भिसमा ढुक्क वन्न सकिने अधिकांश ग्राहकको बुझाई छ । यो ब्रान्डको गाडी प्रयोग गर्दा मेन्टिनेन्स लगायत अन्य संचालन खर्च एकदमै कम पर्ने आम विश्वास समेत रहेको पाइन्छ । सुजुकीको उपत्यकामा मात्र १ दर्जन बढी सर्भिस सेन्टर संचालनमा छन् । तिमध्ये अधिकांशले सुनेको र कहलिएको नाम हो अटो एभ प्रालि ।

युवा अटो व्यवसायी मधुसुदन सिग्देल सहितको टिमले संचालन गरेको यो सर्भिस सेन्टर चावहिलस्थित मित्रपार्क ओरालोबाट केही दुरी भित्र अबस्थित छ । १३ वर्षअघि स्थापना भएको अटो एभले उपत्यकाका लागी सुजुकीको पहिलो आधिकारिक सर्भिस सेन्टरका रुपमा पहिचान समेत बनाएको छ । ११ हजार स्क्वायर फिटको फराकिलो पूर्वाधारमा फैलिएको यो सर्भिस सेन्टर अत्याधुनिक उपकरण तथा टुल्स, दक्ष तथा अनुभवी टिम र सुविधासम्पन्न भौतिक संरचनाले सुसज्जित छ भन्दा फरक पर्दैन ।

गाडीको मर्मतसम्भार सम्वन्धि सम्पूर्ण काम हुने अटो एभमा सुजुकी जेन्यूइन पार्टस्को छुट्टै आउटलेट समेत संचालनमा छ । जहाँबाट ग्राहकले सुलभ मूल्यमा स्पेयर पार्टस लगायत अन्य कम्पोनेन्ट खरिद गरी गाडीको मर्मतसम्भार गराउन सक्छन् । छिटोछरितो र प्रभावकारी सेवालाई अत्मसाथ गर्दै अगाडी बढिरहेको यो सर्भिस सेन्टरको व्यवस्थापकिय एबं टेक्निकल कमाण्ड मधुसुदन सिग्देलले हाँकिरहेका छन् । उनी कम्पनीमा अध्यक्षको जिम्मेवारीमा छन् ।

विगत २० वर्षदेखी यो क्षेत्रमा कार्यरत उनले नेतृत्व गरेको यो सर्भिस सेन्टरले उत्कृष्ट सेवा प्रदान गरे वापत आधिकारिक बितरक कम्पनी सिजी मोटोकर्पबाट कैयन पटक सम्मान समेत पाएको छ । ‘हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ भनेकै टिम वर्क हो । टिममा भएका सबै साथीभाई आ–आफ्नो काम र जिम्मेवारीमा पूर्णत लगनशिल भएर खट्दै आइरहेका छन् । जसले गर्दा छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्न सहज भएको छ’ सिग्देलले अटोमोबाइलसंग भने ।

एकै छानामुनी सम्पूर्ण सेवा
सुजुकी गाडीको मर्मतसम्भार र सर्भिसिङ सम्वन्धि सम्पूर्ण सेवा एकै छानामुनी उपलब्ध हुने हुँदा अटो एभबाट ग्राहकले जस्तोसुकै समस्याको समाधान समेत सहज तवरबाट पाउने सिग्देल दावी गर्छन् । उनी भन्छन्, ‘हामीकहाँ आएपछि ग्राहकले हरेक समस्याको समाधान पाउनुहुनेछ । कतिपय अबस्थामा त अन्य सर्भिस सेन्टरले समाधान गर्न नसकेका केही जटिल समस्याहरुलाई समेत हाम्रो टिमले सहजताका साथ समाधान गरिदिएका छन् । जुन हाम्रो टिमको सबैभन्दा ठूलो सवल पक्ष समेत हो ।’ यहाँ गाडीको समस्या लिएर भित्र छिरेपछि त्यसको समाधान भएरै छाड्ने उनी बताउँछन् ।

सर्भिस सेन्टरसंगै पर्याप्त स्टक सहितको स्पेयर पार्टस आउटलेट समेत संचलानमा रहेका कारण छिटोछरितो काम सम्पन्न गर्न सहज भएको तर्क राख्दै उनी भन्छन, ‘कतिपय सर्भिस सेन्टरमा स्पेयर पार्टसको स्टक पर्याप्त नहुने हुँदा गाडीको मर्मतसम्भार गर्न समय लाग्ने देखिन्छ । तर हाम्रोमा त्यस्तो समस्या छैन । हामी गाडी वर्कशप भित्र छिर्ने बित्तिकै ग्राहकसंग संवाद गरेर त्यसको प्रारम्भिक परिक्षण गर्छौ ।

ग्राहकले भनेको समस्यालाई आधार मानेर अत्याधुनिक डाइग्नोसिस टुल्सबाट स्क्यान गरेपछि गाडीलाई सडकमा गुडाएर परिक्षण समेत गर्छौ र वास्तविक समस्या पहिचान गरेर मर्मतसम्भारको काम अघि बढाउँछौ । यो चरण पुरा नहुँदासम्म यदि ग्राहकले कुरेर बस्नुहुन्छ भने उहाँहरुकै अगाडी गाडीको मर्मतसम्भारमा लाग्ने अनुमानीत खर्चको विवरण निकालिदिन्छौ । यदि कुरेर वस्न भ्याउनुहुँदैन भने फोनबाटै जानकारी गराएर उहाँहरुवाट ओके भएपछि मात्र काम अघि बढाउँछौ । यसले काममा पारदर्शिता देखिने र ग्राहकले हामीप्रति विश्वास गर्ने वातावरण समेत वढेर जाने देखिन्छ ।’

ग्राहक सुबिधाका लागि सर्भिस र फ्रि–चेकअप क्याम्प
अटो एभले हरेक वर्ष विभिन्न अवसर पारेर सर्भिस क्याम्प र फ्रि–चेकअप क्याम्प मार्फत ग्राहकलाई अतिरिक्त सुबिधा समेत उपलब्ध गराउँदै आइरहेको छ । सोही क्रममा नयाँ वर्ष २०७९ को अवसर पारेर ३ दिने सर्भिस क्याम्प सम्पन्न गरिएको थियो । उक्त क्याम्पमा आउने ग्राहकलाई स्पेयर पार्ट्समा ८ प्रतिशत र लुब्रिकेन्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइएको थियो । यी छुटको साथै जनरल चेकअप र एसडिटी डाइग्नोसि निशुल्क गरिएको थियो ।

क्याम्प अवधिभर १ सयजना भन्दा बढी ग्राहकले सेवा लिएको अध्यक्ष सिग्देलले बताए । समय समयमा गरिने यस्ता क्याम्पले ग्राहकलाई फाइदा पुर्याइरहेको हुँदा आगामी दिनमा समेत यस प्रकारको क्याम्पलाई निरन्तरता दिइने उनको भनाई छ ।

सम्बन्धित समाचारहरू

सुजुकी स्विफ्टमा अव नयाँ जेड–सिरिज इन्जिन, ४० किलोमिटर माइलेज दिने

सुजुकी स्विफ्टमा अव नयाँ जेड–सिरिज इन्जिन, ४० किलोमिटर माइलेज दिने

सुजुकीको सर्बाधिक लोकप्रिय ह्याचब्याक कार स्विफ्ट नयाँ इन्जिन जडान भएर...

सुजुकीका यी ४ वाइकमा १५ हजार नगद छुट, एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन

सुजुकीका यी ४ वाइकमा १५ हजार नगद छुट, एक्सचेन्जमा १५ हजार अतिरिक्त मूल्यांकन

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...

सुजुकीको ‘विन्टर फ्री सर्भिस’ क्याम्प आयोजना हुँदै, यस्ता छन् सुविधा

सुजुकीको ‘विन्टर फ्री सर्भिस’ क्याम्प आयोजना हुँदै, यस्ता छन् सुविधा

काठमाडौं– सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...