अव सुजुकीले पनि उड्ने कार वनाउने, स्काई ड्राइभसंग गर्यो सम्झौता

जापनिज अटो निर्माता सुजुकीले उड्ने कारको विकास गर्न स्काई ड्राइभसंग सम्झौता गरेको छ । सन् २०१८ देखी उड्ने कार र कार्गो ड्रोनको बिकासमा सक्रिय जापनिज कम्पनी स्काई ड्राइभसंगको साझेदारीसंगै यी दुई कम्पनीले संयुक्त रुपमा खोज तथा अनुसन्धान गर्ने जनाइएको छ । स्काई ड्राइभले हाल जापनमा कार्गो ड्रोनको उत्पादन गरी संचालनमा ल्याइसकेको छ भने २ सिट क्षमताको उड्ने कारलाई बजार ल्याउने अन्तिम तयारी गरिरहेको छ ।

सन् २०२५ मा ओशका शहरमा हुन गैरहेको वल्र्ड एक्स्पोको अबसर पारेर उड्ने ट्याक्सी सेवा सुचारु गर्ने स्काई ड्राइभले योजना बनाएको छ । सुजुकीसंगको सहकार्यले भोलिका दिनमा नयाँ प्रबिधीको विकास र हाल उत्पादनको क्रमममा रहेको उड्ने कारको नयाँ बजार पत्ता लगाउन थप सहयोग पुग्ने यो कम्पनीले विश्वास लिएको छ ।

सुजुकीले भने यस्तो कारको सुरुवाती विकासलाई भारतमा केन्द्रित गर्ने योजना बनाएको छ । प्यासेन्जर कार, मोटरसाइकल र आउटडोर मोटरको उत्पादनमा केन्द्रित रहँदै आएको सुजुकीका लागि यो सम्झौतासंगै अटोमोबाइल क्षेत्रमा अर्को सेग्मेन्ट थप भएको छ ।

इलेक्ट्रिक भेहिकलको उत्पादनमा समेत आक्रमक भएर आउने तयारी गरिरहेको सुजुकीले यो क्षेत्रमा १० हजार करोड भन्दा बढी भारतीय रुपैयाँ लगानी गर्ने घोषणा हालसालै गरेको थियो ।

सम्बन्धित समाचारहरू

सुजुकी एक्सेस १२५ ले पार गर्यो ५० लाख युनिट उत्पादन, नेपालमा किन हुन सकेन सफल

सुजुकी एक्सेस १२५ ले पार गर्यो ५० लाख युनिट उत्पादन, नेपालमा किन हुन सकेन सफल

सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको...

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...

नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजाका यस्ता छन् मुख्य विशेषता

नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजाका यस्ता छन् मुख्य विशेषता

मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...