काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम
काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...
जापनिज टु–ह्विलर ब्राण्ड होन्डा र सुजुकीले यो वर्ष भारतमा नयाँ स्कुटर लन्च गर्ने भएका छन् । होन्डाले आफ्नो लोकप्रिय मोटर एक्टिभा र सुजुकीले वर्गम्यानलाई इलेक्ट्रिक भर्सनमा उतार्ने योजना बनाएका हुन् ।
होन्डाले आफ्नो इलेक्ट्रिक एक्टिभालाई यसै वर्षको मार्च महिनामा लन्च गर्ने सम्भावना देखाएको छ । १ लाख १० हजार भारु हाराहारीमा लन्च हुने अनुमान गरिएको सो स्कुटरमा के–कस्ता फिचर र पावरट्रेन रहने हो भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।
यसैगरी, सुजुकीले जापान मोबिलिटी शो–२०२३ मा देखाएको वर्गम्यान इलेक्ट्रिक पनि यसै वर्ष लन्च हुने जनाइएको छ । सो स्कुटरलाई हालको वर्गम्यान स्ट्रिट १२५ प्लेटफर्म सेयर गरी निर्माण गर्न लागिएको हो । स्कुटरको पीक पावर ४ किलोवाट र टर्क १८ एनएम रहने कम्पनीको भनाई छ ।
यो स्कुटरलाई एकपटक फुल चार्ज गर्दा ४४ किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । सुजुकीले यसलाई १ लाख २० हजारदेखी १ लाख ५० हजारको विचमा लन्च गर्ने अनुमान छ ।
होन्डा र सुजुकीका यी दुई इलेक्ट्रिक स्कुटर भारतमा लन्च भएपछि नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । बजारमा अहिले इलेक्ट्रिक स्कुटर भित्रिनै लहर नै चलेका कारण सोही लहरलाई होन्डा र सुजुकीका आयतकर्ता कम्पनीले पनि पिछा गर्ने संभावना देखिएको हो ।
काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...
नेपाली बजारमा धेरै ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । सरकारले हालै...
पोखरा – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...