होन्डा र सुजुकीले यो वर्ष भारतमा ईलेक्ट्रिक स्कुटर लन्च गर्ने, नेपाल पनि आउने संभावना

जापनिज टु–ह्विलर ब्राण्ड होन्डा र सुजुकीले यो वर्ष भारतमा नयाँ स्कुटर लन्च गर्ने भएका छन् । होन्डाले आफ्नो लोकप्रिय मोटर एक्टिभा र सुजुकीले वर्गम्यानलाई इलेक्ट्रिक भर्सनमा उतार्ने योजना बनाएका हुन् ।

होन्डाले आफ्नो इलेक्ट्रिक एक्टिभालाई यसै वर्षको मार्च महिनामा लन्च गर्ने सम्भावना देखाएको छ । १ लाख १० हजार भारु हाराहारीमा लन्च हुने अनुमान गरिएको सो स्कुटरमा के–कस्ता फिचर र पावरट्रेन रहने हो भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।

यसैगरी, सुजुकीले जापान मोबिलिटी शो–२०२३ मा देखाएको वर्गम्यान इलेक्ट्रिक पनि यसै वर्ष लन्च हुने जनाइएको छ । सो स्कुटरलाई हालको वर्गम्यान स्ट्रिट १२५ प्लेटफर्म सेयर गरी निर्माण गर्न लागिएको हो । स्कुटरको पीक पावर ४ किलोवाट र टर्क १८ एनएम रहने कम्पनीको भनाई छ ।

यो स्कुटरलाई एकपटक फुल चार्ज गर्दा ४४ किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । सुजुकीले यसलाई १ लाख २० हजारदेखी १ लाख ५० हजारको विचमा लन्च गर्ने अनुमान छ ।

होन्डा र सुजुकीका यी दुई इलेक्ट्रिक स्कुटर भारतमा लन्च भएपछि नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । बजारमा अहिले इलेक्ट्रिक स्कुटर भित्रिनै लहर नै चलेका कारण सोही लहरलाई होन्डा र सुजुकीका आयतकर्ता कम्पनीले पनि पिछा गर्ने संभावना देखिएको हो ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिइने

इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिइने

भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार...

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले...

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...