बीएस६ मापदण्डको १२५ सीसी सेग्मेन्टमा सुजुकी एक्सेस सबैभन्दा सस्तो स्कुटर

नेपालमा बीएस६ मापदण्डको स्कुटर आयात गर्ने कम्पनीमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बितरक भीजी अटोमोबाइल्स समेत थप भएको छ । केही दिन अघि मात्र एक्सेस १२५ लाई नेपाल भित्र्याएको यो कम्पनीले उक्त स्कुटरलाई निकै प्रतिस्पर्धि मूल्यमा उतारेको छ ।

हाल यो सेग्मेन्टमा एक्सेस सहित यामाहा फेसिनो र रेजी–आर स्ट्रिट ¥याली, होन्डा ग्राजिया र टीभीएस एनटर्क आरटीएफाई उपलब्ध छन् । यी ५ स्कुटरमध्ये एक्सेसको मूल्य सबैभन्दा सस्तो छ । सुजुकी एक्सेसको मूल्य नेपाली बजारमा २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । जवकी सोही मादण्डमा आधारित यामाहा फेसिनो स्कुटरको मूल्य १२५ को २ लाख ६४ हजार ९ सय र रेजी–आर स्ट्रिट ¥यालीको २ लाख ६९ हजार ९ सय रुपैयाँ कायमग गरिएको छ ।

यो सेग्मेन्टको अर्को चर्चित टीभीएस एनटर्क आरटीएफआईको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यो स्कुटरलाई जगदम्बा मोटर्सले एक्सेस लन्च हुनुभन्दा केही दिन अघि मात्र लन्च गरेको थियो । त्यसैगरी होन्डा ग्राजियाको स्ट्यान्डर्ड भेरिएन्टको २ लाख ६९ हजार ९ सय र डिलक्सको २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

मूल्य कम भएपनि एक्सेस स्कुटरको पावर तथा पर्फमेन्स समेत अन्य प्रतिस्पर्धि ब्रान्डको तुलनामा कमजोर रहेको देखिदैन । यो स्कुटरको अधिकतम पावर ८.७ पीएस र टर्क १० एनएम रहेको छ । जबकी होन्डा ग्राजियाको पावर ८.२५ पीएस र टर्क १०.३ एनएम छ भने यामाहा रेजी–आर १२५ को अधिकतम पावर ८.२ पीएस र टर्क ९.७ एनएम तथा फेसिनोको अधिकतम पावर ८.२ पीएस र टर्क १०.३ एनएम रहेको छ । त्यसैगरी एनटर्क आरटीएफआईको पावर ९.२५ बीएचपी र टर्क १०.५ एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

बतास फाउन्डेसनद्वारा थप ४८ लाख बराबरको कन्सन्ट्रेटर र खाद्यान्न सहयोग

बतास फाउन्डेसनद्वारा थप ४८ लाख बराबरको कन्सन्ट्रेटर र खाद्यान्न सहयोग

काठमाडौं  – कोरोना महामारीका कारण पुर्वाधारको अभाव झेलिरहेका...

मधेश प्रदेशमा तिर्नु पर्ने सवारी कर : यस्तो छ सबै साधनको दर

मधेश प्रदेशमा तिर्नु पर्ने सवारी कर : यस्तो छ सबै साधनको दर

मधेश प्रदेशमा मोटरसाइकल तथा स्कुटर अन्तर्गत १२५ सीसीसम्मको लागि २७००, १२६...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...