बीएस६ मापदण्डको १२५ सीसी सेग्मेन्टमा सुजुकी एक्सेस सबैभन्दा सस्तो स्कुटर

नेपालमा बीएस६ मापदण्डको स्कुटर आयात गर्ने कम्पनीमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बितरक भीजी अटोमोबाइल्स समेत थप भएको छ । केही दिन अघि मात्र एक्सेस १२५ लाई नेपाल भित्र्याएको यो कम्पनीले उक्त स्कुटरलाई निकै प्रतिस्पर्धि मूल्यमा उतारेको छ ।

हाल यो सेग्मेन्टमा एक्सेस सहित यामाहा फेसिनो र रेजी–आर स्ट्रिट ¥याली, होन्डा ग्राजिया र टीभीएस एनटर्क आरटीएफाई उपलब्ध छन् । यी ५ स्कुटरमध्ये एक्सेसको मूल्य सबैभन्दा सस्तो छ । सुजुकी एक्सेसको मूल्य नेपाली बजारमा २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । जवकी सोही मादण्डमा आधारित यामाहा फेसिनो स्कुटरको मूल्य १२५ को २ लाख ६४ हजार ९ सय र रेजी–आर स्ट्रिट ¥यालीको २ लाख ६९ हजार ९ सय रुपैयाँ कायमग गरिएको छ ।

यो सेग्मेन्टको अर्को चर्चित टीभीएस एनटर्क आरटीएफआईको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यो स्कुटरलाई जगदम्बा मोटर्सले एक्सेस लन्च हुनुभन्दा केही दिन अघि मात्र लन्च गरेको थियो । त्यसैगरी होन्डा ग्राजियाको स्ट्यान्डर्ड भेरिएन्टको २ लाख ६९ हजार ९ सय र डिलक्सको २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

मूल्य कम भएपनि एक्सेस स्कुटरको पावर तथा पर्फमेन्स समेत अन्य प्रतिस्पर्धि ब्रान्डको तुलनामा कमजोर रहेको देखिदैन । यो स्कुटरको अधिकतम पावर ८.७ पीएस र टर्क १० एनएम रहेको छ । जबकी होन्डा ग्राजियाको पावर ८.२५ पीएस र टर्क १०.३ एनएम छ भने यामाहा रेजी–आर १२५ को अधिकतम पावर ८.२ पीएस र टर्क ९.७ एनएम तथा फेसिनोको अधिकतम पावर ८.२ पीएस र टर्क १०.३ एनएम रहेको छ । त्यसैगरी एनटर्क आरटीएफआईको पावर ९.२५ बीएचपी र टर्क १०.५ एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी सेलिरियो, अल्टो के–१० र एस–प्रेसोको नयाँ एडिसन आउँदै

सुजुकी सेलिरियो, अल्टो के–१० र एस–प्रेसोको नयाँ एडिसन आउँदै

मारुती सुजुकीले सेलिरियो, अल्टो के–१० र एसप्रेसेको सस्तो भेरिएन्ट ल्याउने...

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

सुजुकी मोटरसाइकल इन्डियाले भारत र हाल नेपालमा समेत बलियो बन्दै गएको १२५...

मारुती सुजुकीले ल्याउदै छ इंगेज एमपीभी, ७ सिटर कारको बजार परिवर्तन हुने सम्भावना

मारुती सुजुकीले ल्याउदै छ इंगेज एमपीभी, ७ सिटर कारको बजार परिवर्तन हुने सम्भावना

मारुती सुजुकीले नयाँ ७ सिटर एमपीभी बजारमा ल्याउने भएको छ । रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...