औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा औपचारिक रुपमा भित्र्याएको बताएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो ।

आज देशभरका सोरुममा एक साथ विभिन्न तरिकाले यो स्कुटर सार्वजनिक गरिएको छ । सबै सोरुममार्फत यो स्कुटर उपलब्ध हुनेछ । सुजुकी एक्सेस १२५ को मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने यसका उपभोक्ताहरुको बुझाई छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ ।

१६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुँदा यो सेग्मेन्टमै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाइल, इन्जिन डायग्नोसिस, ब्याट्री डायग्नोसिस सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् ।

सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढी रुचाइएको रङ भने निलो मानिएको छ ।

सम्बन्धित समाचारहरू

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...

एक दशकभित्र आकाशमा उड्ने कार देख्न सकिने, सुजुकीले पनि फ्लाइङ कार निर्माण गर्ने

एक दशकभित्र आकाशमा उड्ने कार देख्न सकिने, सुजुकीले पनि फ्लाइङ कार निर्माण गर्ने

जापानी अटो निर्माता कम्पनी सुजुकीले उड्ने कार बनाउने तयारी गरेको छ । यसका...

बजाज चेतक र टीभीएस आई क्युबलाई टक्कर दिन आउँदै सुजुकी ई–एक्सेस, यस्तो हुनेछ विशेषता

बजाज चेतक र टीभीएस आई क्युबलाई टक्कर दिन आउँदै सुजुकी ई–एक्सेस, यस्तो हुनेछ विशेषता

जापनिज टु–ह्विलर ब्रान्ड सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...