नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ। निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो ।

यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा ग्यास सिलिन्डर अटाउने तथा ३ जना पनि सवार गर्न सकिने हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने यसका उपभोक्ताहरुको बुझाई छ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

एसओएचसी २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ ।

इलेक्ट्रिक स्टार्ट र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ। दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ । फुल्ली डिजिटल ड्यासबोर्डले गर्दा ब्लुटुथ, नेभिगेसन जस्ता नयाँ विशेषता समेत थप रहेका छन् ।

हाल २ भेरिएन्टमा उपलब्ध सो स्कुटरमा हाफ डिजिटल र फुल डिजिटलमा मात्रै भिन्नता रहेको कम्पनीले जनाएको छ । फुल डिजिटल ड्यासबोर्डमा एसएमएस अलर्ट, ओभर स्पिड वार्निङ, मोबाइलमा आउने सम्पुर्ण अलर्ट तथा मोबाइलको ब्याट्री अलर्ट समेत जडान रहेको छ । हाल यसको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ । रातो, निलो र खैरो गरी तीन रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुचाइएको रङ भने निलो मानिएको छ ।

यद्यपि यो स्कुटरको नेपाली बजारमा औपचारिक बिक्री प्रारम्भ गरिएको छैन । यो स्कुटरलाई निषेधाज्ञा पश्चात नेपालका मुख्य शहरमा शुभारम्भको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

हाल नेपाली बजारमा यो सेगमेन्टको स्कुटर रुचाउने समूह बढ्दो देखिन्छ किनभने यो ब्याक्तिगत प्रयोजन मात्रै नभएर कमर्सियल प्रयोजनको लागि पनि उत्कृष्ट रहेको छ । यसको नेपाली बजार कस्तो रहन्छ त्यो भने हेर्न केही समय लाग्नेछ ।

सम्बन्धित समाचारहरू

९ हजार ९२५ युनिट वागन आर, इग्निस र सेलिरियो फिर्ता लिँदै मारुती सुजुकी, यस्तो छ कारण

९ हजार ९२५ युनिट वागन आर, इग्निस र सेलिरियो फिर्ता लिँदै मारुती सुजुकी, यस्तो छ कारण

मारुती सुजुकीले यसै वर्षको अगस्ट ३ देखी सेप्टेम्वर १ सम्म उत्पादन भएका...

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...