नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन बढीमात्रामा रुचाइन्छन् । अझ भनौ यी देशमा कारोबार हुने प्रायः सबैजसो भेरिएन्टका सवारीसाधनमा सनरुफ अनिबार्य जस्तै गरिएको हुन्छ ।

सनरुफले गाडीभित्रको क्याबिनमा पर्याप्त प्रकाश दिनुको साथै गाडी गुडिरहेको समयमा सिटमाथिबाट बहिरी दृश्य देख्न मद्दत गर्छ । प्यासेन्जर सिटमा बस्ने यात्रुले सनरुफ खोलेर बाहिरी दृश्य हेर्दै बिन्दास यात्रा गर्न सकिने विशेषताका कारण पनि यसको लोकप्रियता चुँलिदै गएको हो ।

यद्यपि नेपाली अटो बजारमा भने यस प्रकारका फिचर्स उपलब्ध गराइएको सवारीसाधन त्यत्ति चल्तीमा रहेको पाइदैन । पहिले महंगा र बिलासी मानिने ठूला एसयूभी र सेडान कारमा यस्ता फिचर्स उपलब्ध हुने भएपनि पछिल्लो समय साना एसयूभीमा समेत यस्तो फिचर्स थप गर्न थालिएको छ ।

नेपाली बजारमा उपलब्ध साना एसयूभीको प्रायः टप भेरिएन्टमा मात्र सनरुफ दिइएको छ । सनरुफ भएका सवारीसाधन महंगो पर्ने हुँदा पनि यसो गरिएको हो । एउटै भेरिएन्टमा सनरुफ भएको र नभएको सवारीमा ३ लाख रुपैयाँसम्मले फरक पर्ने हुँदा पनि नेपाली बजारमा यो फिचर्सलाई कार पारखीले खासै रुचाएको पाइदैन ।

नेपाली बजारमा ४३ लाख ५५ हजार मूल्य कायम गरिएको टाटा नेक्सनमा समेत सनरुफ दिइएको छ । टाटा नेक्सनको सेमी अप्सनयुक्त एसयूभीमा यस्तो फिचर्स दिइएको हो । फलस्वरुप नेपाली बजारमा कारोबार हुने सबैभन्दा सस्तो सनरुफयुक्त एसयूभीका रुपमा टाटा नेक्सन परिचित छ । नेक्सनकै फुल र अटोमेटिक अप्सनमा समेत सनरुफ दिइएको छ । जसको मूल्य ४९ लाख ६५ हजार र ५२ लाख ६५ हजार पर्छ ।

टाटा नेक्सनपछि सनरुफ भएको सस्तो एसयूभीमा फोर्ड इकोस्पोर्ट पर्छ । इकोस्पोर्टको टाइटानियम मोडलमा यस्तो फिचर्स दिइएको छ, जसको मूल्य ४४ लाख ५० हजार कायम गरिएको छ ।

पछिल्लो समय चर्चामा रहन सफल किया सोनेट, हुन्डाई भेन्यु र महिन्द्रा एक्सयूभीका टप भेरिएन्टमा सनरुफ उपलब्ध गराइएको छ । ४८ लाख ९० हजार मूल्य तोकिएको किया सोनेटको एचटिएक्स मोडलमा यस्तो फिचर्स दिइएको छ ।

उता हुन्डाईको आइएमटी ट्रान्समिसनयुक्त भेन्यु मोडलमा पनि सनरुफ उपलब्ध छ । यो एसयूभीको मूल्य ५० लाख ५६ हजार तोकिएको छ । त्यसैगरी, महिन्द्रा एक्सयूभी ३०० को टप भेरिएन्ट डब्लु८को पेट्रोल र डिजेल दुबै अप्सनमा सनरुफ दिइएको छ । जसको मूल्य ५६ लाख ५० हजार र ५७ लाख २५ हजार रुपैयाँ पर्छ ।

होन्डा ब्रान्डको डब्लुआर–भी मोडलमा समेत यस्तो फिचर्स उपलब्ध छ । डब्लुआर–भीको भिएक्स पेट्रोल भेरिएन्टमा सनरुफ दिइएको हो । जसको मूल्य नेपाली बजारमा ५३ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

अटो एक्सपो २०२३ मा किया, इभी ९ देखी पुलिस कारसम्म प्रदर्शन

अटो एक्सपो २०२३ मा किया, इभी ९ देखी पुलिस कारसम्म प्रदर्शन

भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा कोरियन अटो निर्माता कियाले...

युरो एनक्यापमा ५ स्टार रेटिङसँगै किया ईभी६ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कारको सूचीमा समावेश

युरो एनक्यापमा ५ स्टार रेटिङसँगै किया ईभी६ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कारको सूचीमा समावेश

कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ सबैभन्दा सुरक्षित कारको सूचीमा परेको छ ।...

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...