टाटा मोटर्सको ‘ह्याप्पीनेस विकेन्ड’ प्रारम्भ, जुनसुकै ब्रान्डका पुराना गाडीसँग ईभी साट्न सकिने
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
एसयूभीमा ग्राउन्ड क्लियरेन्स केवल प्राविधिक विवरण मात्र होइन, दैनिक आवश्यकतासँग जोडिएको महत्वपूर्ण पक्ष हो । खाल्डाखुल्डीले भरिएका सहरी सडक, स्पिड ब्रेकर, कच्ची ग्रामीण बाटो तथा पहाडी भूभागमा सहज र सुरक्षित सवारीका लागि उच्च ग्राउन्ड क्लियरेन्स अत्यावश्यक मानिन्छ । ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिने ग्राहकहरूका लागि बजारमा उपलब्ध केही उत्कृष्ट विकल्पहरू विशेष चर्चामा छन्।
यस सूचीको शीर्ष स्थानमा होन्डा एलिभेट रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । यसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११९ बीएचपीको पावर र १४५ एनएमको टर्क उत्पादन गर्छ। यसको इन्जिन ६ स्पिड म्यानुअल वा ७ स्पिड कन्टिन्युअस्ली भेरिएबल ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ । एलिभेटको मूल्य नेपाली बजारमा ५३ लाखदेखी सुरु हुन्छ ।
२०५ एमएम ग्राउन्ड क्लियरेन्ससहित टाटा ह्यारियर तेस्रो स्थानमा छ । यसमा २.० लिटर डिजेल इन्जिन उपलब्ध छ, जसले १६७ बीएचपीको पावर र ३५० एनएमको टर्क उत्पादन गर्छ। साथै १.५ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पले १६७ बीएचपीको पावर र २८० एनएमको टर्क उत्पादन गर्छ । नेपाली बजारमा एच५ नामले भित्रिएको यस एसयूभीको मूल्य ८५ लाखदेखी सुरु हुन्छ ।
किया सेल्टोसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । सो एसयूभी नेचुरली एस्पिरेटेड पेट्रोल, टर्बो पेट्रोल र टर्बो डिजेल गरी तीन इन्जिन विकल्पमा उपलब्ध छ । यसको पावर आउटपुट ११३ बीएचपीदेखि १५८ बीएचपीसम्म रहेको छ, जसले विभिन्न आवश्यकताअनुसार छनोट गर्न सजिलो बनाउँछ। सेल्टोसको मूल्य ५३ लाखदेखी सुरु हुन्छ ।
१९० एमएम ग्राउन्ड क्लियरेन्ससहित हुन्डाई क्रेटा पाँचौं स्थानमा रहेको छ। यसमा १.५ लिटर पेट्रोल, टर्बो पेट्रोल तथा डिजेल इन्जिन विकल्प उपलब्ध छ । नेपालमै एसेम्वल हुने यस एसयूभीको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
होन्डा नेपाली अटो बजारमा सर्बाधिक रुचाइएको टु ह्विलर ब्रान्ड हो । ६ दशक अघि...
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...