नाडाको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध निर्बाचित, कुन–कुन व्यवसायमा आबद्ध छन् उनी ?

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन् ।

नाडाको निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ताको लागि पुस १७ गते बिहीबार ११ बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । अध्यक्षसँगै अन्य पदमा पनि सर्वसम्मतको पहल भइरहेको बताइएको छ ।

त्यसैगरी सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ । १८ जना मध्य एक जनाले मनोनयन फिर्ता गर्ने र उनलाई मनोनयन गरेर सदस्यमा ल्याउने गरी छलफल भइरहेको जनाइएको छ ।

अध्यक्षले ३ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाउने व्यवस्था छ । २५ गते हुने निर्वाचन कार्यक्रमबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा हुनेछ । कार्यसमिति सदस्यहरुबाट पदाधिकारी निर्वाचित हुनेछन् ।

को हुन् उप्रेती ?
नाडा अध्यक्षमा निर्बिरोध निर्बाचित उप्रेती हालको कार्यसमितीमा महासचिव थिए । विगत लामो समयदेखी नाडाको कार्यसमितमा पदाधिकारी रहँदै आएका उनी स्पेयर पार्ट्सको व्यावसाय गर्ने श्री एसटिसी ग्रुपका प्रबन्ध निर्देशक हुन्

उनको यस ग्रुपले नेपालमा सिएट टायर, इएनआई लुब्रिकेन्ट्स, एफसिसी कल्च प्लेट र एएसके अटोमोटिभ्सका उत्पादन लगायत दर्जन बढि ब्रान्डका स्पेयर पार्ट्स आयत गरी बिक्री गर्दै आएको छ ।ग्रुप अन्तर्गतको एसटिसी इनर्जि इन्डष्ट्रिजले हटौडामा ब्याट्री प्लान्ट स्थापन गरी एसटिसी राइड र इनर्जि ब्रान्डका ब्याट्री उत्पादन गर्दै आएको छ ।

उप्रेती पिएलओ लुब्रिकेन्ट्स उत्पादन गर्ने पिएलओ ग्रुपमा निर्देशक समेत छन् भने हालै चीनबाट बिद्युतिय भ्यान र भारतबाट नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर आयत गर्ने तयारीमा समेत लागिपरेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेती चयन

नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेती चयन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र...

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

काठमाडौं – आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को...

नेपालमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीलाई अर्थमन्त्रिको जोड

नेपालमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीलाई अर्थमन्त्रिको जोड

स्वदेशमै गाडीको उत्पादन गर्न अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...