सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

महेन्द्रनगर - कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् ।

कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उनी सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पुर्याउँदै आएका छन् । यसरी सङ्क्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् ।

कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । उनको ड्यिुटी भनेकै सङ्क्रमितलाई अस्पताल पुर्याउने हो ।

‘हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म एम्बुलेन्स हाँकेर गड्डाचौकी नाका पुग्छु,’ कठायतले भने, ‘त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिएमा उनीहरुलाई महाकाली अस्पताल पुर्याउँछु ।’

सरकारले कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सेना र सरसफाइकर्मीलाई कोरोनाको अग्रपङ्क्तिमा खटिने कर्मचारीको सूचीमा राखेको छ । भीमदत्त नगरपालिकाको एम्बुलेन्समार्फत् दैनिक ४० देखि ११० जनासम्म सङ्क्रमित नाकाबाट अस्पताल पुर्याएको कठायतसित तथ्याङ्क छ ।

‘नाकामा कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिए पनि सितिमिति अस्पताल जान आनाकानी गर्छन्,’ कठायतले भने, ‘सङ्क्रमितको अवस्था हेरेर वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनका लागि घरमै छाड्ने गरिएको छ ।’

दिनभरि एम्बुलेन्समा सङ्क्रमित बोक्ने गर्नुभएका उहाँ राति घरमा भने छुट्टै कोठामा बस्ने गरेको बताउँछन् ।

‘परिवारका सदस्यहरुको पनि ख्याल गर्नैपर्यो,’ उनले भने, ‘महामारीमा सङ्क्रमितलाई अस्पताल पु¥याउनु सेवा सम्झेर काम गर्ने गरेको छु ।’

कठायतलाई घर गएर खाना खाने फुर्सदसमेत हुँदैन । त्यसले उनले कोरोना अस्पतालमै खाना खान्छन् । कोरोना जोखिमका बेला काम गर्ने चालकलाई भत्ता दिएकोबारे उनलाई केही पनि थाहा छैन । उनले भने, ‘महामारीमा अग्रपङ्क्तिमा खटिने एम्बुलेन्स चालकलाई त जोखिम भत्ता दिनैपर्ने हो ।’

भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशी नगरपालिकाले गड्डाचौकीमा कोरोना परीक्षण, खोप अभियान र सङ्क्रमितलाई अस्पताल लैजाने कार्यमा सक्रिय भएर लागेको बताए ।

‘त्यहाँ अस्थायी होल्डिङ सेन्टरमा भारतबाट आउनेको नियमित स्वास्थ्य परीक्षण हुन्छ,’ उनले भने, ‘सङ्क्रमितलाई तत्कालै महाकाली अस्पताल पुर्याइन्छ ।’

कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित बोक्ने तथा शव व्यवस्थापनमा खटिएका महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक विष्ट आफू दुई पटक सङ्क्रमित हुँदा पनि ड्यिुटीमै सक्रिय छन् ।

ण्‘कोरोनाबाट मृत्यु भएका झण्डै ८० सङ्क्रमितको शव महाकाली घाटसम्म पुर्याए,’ विगत सम्झिँदै विष्टले भने, ‘शुरुमा पिपिइ सेट लगाएर एम्बुलेन्स चलाए, गर्मी खप्न गाह्रो भएपछि त्यो पनि फुकाले ।’

दोस्रो लहरसम्म महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक र रणबहादुर विष्ट रातदिन सङ्क्रमित बोक्नेदेखि शव घाटसम्म पुर्याउन सक्रिय रहेका थिए ।

‘अहिले नगरपालिकाको एम्बुलेन्सले सङ्क्रमित अस्पतालसम्म पुर्याउने काम गरिरहेको छ,’ उनले भने, ‘अहिले हामी सङ्क्रमितलाई वडाको सिफारिसका आधारमा घरसम्म छाड्न जाने क्रममा फाट्टफुट्टरुपमा खटिएका छौँ ।’

दोस्रो लहरसम्म सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौँसम्म लिएर गएको उनले बताए ।

‘डराउँदै सङ्क्रमित बोक्नुपर्ने परिस्थितिको पनि सामना गरियो,’ विष्टले भने, ‘प्रतिकूल अवस्थामा पनि घरपरिवार नभनी काम गरियो ।’

सम्बन्धित समाचारहरू

निषेधाज्ञाको समयमा उपभोग्य वस्तु आपूर्ति र ढुवानीका लागि यसरी लिन सकिन्छ पास

निषेधाज्ञाको समयमा उपभोग्य वस्तु आपूर्ति र ढुवानीका लागि यसरी लिन सकिन्छ पास

काठमाडौं – काठमाडौं उपत्यका र देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञाको...

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

काठमाडौं – कोरोना महामारीको समयमा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ९७...

आजदेखि निषेधाज्ञा थप कडाइ

आजदेखि निषेधाज्ञा थप कडाइ

काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...