नेपाल भित्रियो यूएईको लोकप्रिय लुब्रिकेन्ट एडनक, जगदम्बा मोटर्स बन्यो आधिकारिक वितरक
काठमाडौं – यूएईको प्रतिष्ठित लुब्रिकेन्ट कम्पनी एडनकको नेपालका लागि...
काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टले प्रायोजन गर्ने भएको छ । अत्तरखेल युवा समाजले सी डिभिजन लिग क्वालिफायर खेल्ने छ । समाजका खेलाडीहरुले सुरक्षा लुब्रिकेन्टको लोगोयुक्त जर्सी लगाएर फुटबल खेल्ने छन् ।
गत साउन १० देखि सातदोबाटोस्थित एन्फा परिसरमा शुरु भएको प्रतियोगिता आगामी असोज सम्म चल्ने छ । प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट ५ टिम सहभागी हुने नगरप्रमुख सन्तोष चालिसेले बताए । प्रतियोगितामा अत्तरखेल युवा क्लबबाट २३ जना खेलाडीको टिम सहभागी हुने समाजले जानकारी दिएको छ ।
सुरक्षा लुब्रिकेन्टका म्यानेजिङ डाइरेक्टर जयराज भण्डारी र कार्यकारी निर्देशक फुर्वा लामा समेतको उपस्थितिमा भएको सो कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, प्रमुख कोच नगेश रावत, सहकोच सुजन बस्नेत, फुटबल टिम क्याप्टेन दुर्गालाल श्रेष्ठ, समाजका अध्यक्ष सुमन लामा, सचिव दिनेश राई, फुटबल अध्यक्ष विनोद सुनुवार, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
पूर्वाञ्चल ल्युब आयलद्वारा नेपालमै उत्पादित सुरक्षा लुब्रिकेन्टले सबै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । विशेष गरी हेभी तथा कमर्सियल भेइकल र टु ह्विलर लुब्रिकेन्ट बजारमा सुरक्षा लुब्रिकेन्टको उपस्थिति बढ्दै गएको कार्यकारी निर्देशक फुर्वा लामाले बताए ।
काठमाडौं – यूएईको प्रतिष्ठित लुब्रिकेन्ट कम्पनी एडनकको नेपालका लागि...
काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...
गौरादह – झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...