नेपालमा हाइड्रोजन गाडी कुदाउने तयारी, मन्त्रालयले माग्यो प्राविधिक र कानुनी सुझाव
काठमाडौँ — सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा...
काठमाडौं–सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल(एचसीसीएन)को डीनमा निर्वीरोध निर्वाचित भएका छन् । काठमाडौंमा आयोजित संस्थाको साधारण सभाले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डीन चयन गरेको हो ।
नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान पु-याएका वैद्य नेतृत्वको वैद्य अर्गनाइजेसन ६ दशकभन्दा पुरानो व्यावसायिक घराना हो । यो समूह लामो समयदेखि टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा चिनिनुका साथै अटोमोबाइल, सिमेन्ट र हस्पिटालिटी क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ ।
पदभार ग्रहणपछि जारी विज्ञप्तिमा नवनियुक्त डीन वैद्यले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो मुख्य प्राथमिकता रहने बताएका छन् ।
हाल एचसीसीएनले ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गर्छ, जसको संयुक्त अर्थतन्त्र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ । यी राष्ट्रहरूसँगको सहकार्यले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने वैद्यको भनाइ छ ।
मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, शैक्षिक संस्था र समुदायबीच जोड्ने पुलको रूपमा काम गर्ने उल्लेख गर्दै उनले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...