बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
गर्भवती महिलाहरुले यातायातको साधनको प्रयोग कसरी गर्ने भन्ने वारेमा सचेत हुनु आवश्यक छ । यातायातका साधन आज मानव जीवनका लागि अभिन्न अंग बनेका छन् । एक स्थानबाट अर्को स्थानमा जानका लागि यातायातका साधन नभई नहुने भएका छन् । यद्यपि यस्ता साधनको प्रयोग पनि आवश्यकता अनुरुप उचित रुपमा गर्नु आवश्यक छ ।
यातायातको साधनले गर्भवती महिलालाई पार्न सक्ने सकारात्मक एवं नकारात्मक पक्षहरुका वारेमा स्पष्ट हुनु आवश्यक छ ।
अरु सामान्य महिला र गर्भवती महिलाबीच धेरै कुराको अन्तर हुने गर्दछ । मानसिक एवं शारीरिक रुपमा गर्भवती महिलाहरु बढी नै कमजोर हुन्छन् । गर्भावस्थामा महिलाहरुको रोगसँग लढ्ने क्षमता कमजोर हुन्छ । यो अवस्थामा सवारी साधनको प्रयोगको वारेमा झनै सचेत हुनु पर्ने आवश्यकता हुन्छ ।
साधारणतया गर्भवती महिलाहरुले दुई पांग्रे एवं तीन पांग्रे सवारी साधनको प्रयोगलाई निषेध गर्नु पर्दछ किनभने यस्ता सवारी साधनहरुले सडक राम्रो नभएको अवस्थामा सामान्य देखि गम्भीर किसिमको दुर्घटना निम्त्याउने सम्भावना बढी हुन्छ । बाइक, स्कुटर एवं टेम्पो जस्ता सवारी साधनमा चार पांग्रे गाडीमा भन्दा बढी हलचल हुन्छ । यसले गर्दा महिलाको गर्भ तुहिने देखि लिएर गर्भको पानीको जाली फुट्ने एवं कर्ड प्रोल्याप्स अर्थात नाल नै अगाडि आउने सम्मको जोखिम हुने गर्छ । यसले गर्दा बिरामीको शरीरबाट अत्यधिक रगत बगेर ज्यान समेत जाने जोखिम हुन्छ ।
गर्भावस्थाको अन्तिम समयमा विरामीले सकेसम्म निजी गाडी भन्दा अस्पतालको एम्बुलेन्स प्रयोगलाई बढी प्राथमिकता दिनु पर्छ । एम्बुलेन्स जस्ता सवारी साधनमा बिरामीको स्वास्थ्यलाई मध्यनजर गरेर सोही अनुसारको दक्ष जनशक्ति एवं बाटोमा चाहिने अन्य औषधि उपचारको व्यवस्था गरिएको हुन्छ ।
महिलाहरुले सार्वजनिक सवारी साधनको उपयोग गर्ने गरेको दृश्य हामीले देख्ने गर्छौ, जुन आफैमा एक बाध्यता र जोखिमपूर्ण हुने गर्छ । विशेष गरेर हालको कोरोना भाइरस संक्रमण हुने डर भएको अवस्थामा त झन् यसको वारेमा विशेष ध्यान दिनु पर्ने अवस्था छ । सार्वजनिक यातायातको प्रयोग धेरै जोखिमपूर्ण छ । मानिसहरुले कोरोनाको जोखिम कम गर्न सामाजिक दुरी कायम गरेको देखिदैन जसले गर्दा गर्भवती महिलाहरुमा कोरोनाको जोखिम अरु भन्दा उच्च हुन्छ । यदि बाध्यता नै परेको खंण्डमा मास्क, ग्लोब्स लगाउनु र सामाजिक दुरी कायम गर्नु पर्छ र जोखिमलाई केही कम गर्न सकिन्छ ।
अस्पताल् टाढा हुनु र सडक राम्रो नहुनु ग्रामीण भेगका महिलाहरुको निम्ति अझ ठुलो दुर्भाग्य भएको छ । सडक राम्रो नहुँदा गाडीले दिने धक्काको कारण पनि पेटमै बच्चाको मृत्यु हुने गर्छ । उच्च रक्तचाप भएका महिलाहरुमा यसले गर्दा अझ बढी जोखिम हुन्छ । गर्भवती महिलाहरुमा हुने सबैभन्दा जोखिम Pre-eclampsia/eclampsia अर्थात उच्च रक्तचाप एवं बेहोस भई महिलाहरुको ज्यान समेत जाने सम्भावना हुन्छ । कतिपय अवस्थामा महिलाहरुले सवारी साधनमै बच्चा जन्माउने गरेको अवस्था समेत देखिन्छ । तसर्थ महामारीको जोखिमलाई मध्यनजर गर्दै र अन्य अवस्थामा समेत सुबिधा सम्पन्न एम्ंबुलेन्सको प्रयोगलाई विशेष स्थान दिनुको विकल्प देखिदैन ।
डा. कविता अधिकारी
(बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अधिकारी हाल मेट्रो तथा दीर्घायु गुरु अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...