सुबिफेस्ट कार परेडमा सुबारुले राख्यो वर्ल्ड रेकर्ड

गत अक्टोबर ४ का दिन अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित सडकमा एकै पटक १ हजार ७५१ सुबारु कारको परेड देखियो । यसले गर्दा सडक नै जाम भयो । यो सुबारु कम्पनीद्वारा उत्पादित कारहरुको हाल सम्मकै सबैभन्दा ठूलो परेड थियो ।

यद्यपि सो परेड कुनै विरोध प्रदर्शनका लागि भएको थिएन । यो सुबारुको वार्षिक रुपमा हुने एक इभेन्ट हो । यसलाई सुबिफेस्ट नामाकरण गरिएको छ । यो भन्दा पहिले सबैभन्दा धेरै सुबारु गाडीहरु रसियाको मस्कोमा ५ सय ४९ सुबारु गाडी जम्मा भएका थिए ।

सुबारुको हालको यो इभेन्टले एकैपटक धेरै सुबारु गाडी जम्मा भएको रेकर्ड कायम गरेको छ र गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम समेत दर्ता भएको छ ।

सुबिफेस्टमा संलग्न यी सुबारु गाडीधनीहरुले जम्मा गरेको रकम अमेरिकाको एक परोपकारी संस्था ‘फिडिङ अमेरिका’ लाई प्रदान गरिने छ । फिडिङ अमेरिकाले भोकमरी विरुद्ध संघर्ष गरिरहेको छ । यसरी जम्मा भएको २ लाख ४१ हजार ८ सय खानावापतको खर्चमा बाँकी २ लाख ५८ हजार २ सय खाना वापतको खर्च जोडेर सुबारुले फिडिङ अमेरिकाले ५ लाख बराबर खाना पुग्ने गरी उपलब्ध गराउने छ ।

एउटै कम्पनीका गाडीहरु यसरी परेड खेलेको यो पहिलो रेकर्ड भने होइन । यो भन्दा पहिले सन् २००८ मा जर्मनीमा २ हजार ३२५ पोस्र्चे कार र सन् १९९५ मा ब्राजिलमा २ हजार ७२८ फक्सवागन बिटल कारको परेड भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...