हेल्मेट एयरब्यागसहित विश्वकै पहिलो कार ल्याउँदै हुवावे
हुवावेसँग जोडिएको ब्रान्ड लक्जीडले अहिलेसम्म कुनै पनि सवारी साधनमा...
सडक दुर्घटनामा हजारौं मानिसको मृत्यु हुने गरेको छ, जसमा दुई पाङ्ग्रे सवारी साधन सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । यस्ता दुर्घटनामा धेरैजसो समस्या हेल्मेट नलगाउने कारणले हुने गरेको छ। दुर्घटना न्यूनीकरणका लागि अग्रणी हेल्मेट निर्माता स्टड्सले नयाँ र आकर्षक हेल्मेट बजारमा ल्याएको छ।
स्टड्सले भारतमा "हेलियोस सुपरम्यान एडिसन" नामक फुल-फेस हेल्मेट लन्च गरेको छ, जसमा सुपरम्यानको फोटो र ग्राफिक्स प्रस्ट देखिन्छ। सो हेल्मेट वार्नर ब्रदर्स डिस्कभरी ग्लोबल कन्ज्युमर प्रोडक्ट्स इन्डियासँग सहकार्यमा तयार पारिएको हो ।
सो हेल्मेटमा एन्टीफग १०० लेन्स प्रयोग गरिएको छ, जसले १०० सेकेन्डसम्म कुहिरोबाट सुरक्षा दिन्छ। साथै, यसमा प्रशस्त भेन्टिलेसन सुविधा उपलब्ध छ। हेल्मेट ब्लुटुथ-सक्षम हुने गरी डिजाइन गरिएको छ र सुपरम्यान अफ स्टिल ग्राफिक्सका साथ ६ वटा रङ विकल्पमा उपलब्ध छ।
सो हेल्मेट थर्मोप्लास्टिक पोलिमरबाट बनेको छ, जसले बाह्य झट्का र प्रभावबाट सुरक्षा प्रदान गर्छ। साथै, ईपीएस प्रविधि प्रयोग गरिएको यस हेल्मेटलाई भारतीय बीआईएस र अमेरिकी डीओटी दुवै निकायबाट प्रमाणित गरिएको छ।
कम्पनीले सो हेल्मेट ३७०० भारुमा लन्च गरेको छ। यसलाई मीडियम, लार्ज र एक्स्ट्रा लार्ज साइजमा खरिद गर्न सकिन्छ।
हुवावेसँग जोडिएको ब्रान्ड लक्जीडले अहिलेसम्म कुनै पनि सवारी साधनमा...
हेल्मेट सेफ्टीका लागि मात्र नभई स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा...
हेलमेट र राइडिङ गियर निर्माता कम्पनी स्टीलबर्डले आफ्नो नयाँ हेलमेट सिरिज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...