२०२६ भित्र ३ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा माेटर्स
टाटा मोटर्सले भारतमा सन् २०२६ भित्र तीन वटा नयाँ एसयूभी लन्च गर्ने तयारी...
काठमाडौं – सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्रिज नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ । सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौँ वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरे । उक्त समारोहमा सिप्रदीयन सहायता संस्था र वडा नम्बर ४ का वडा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था सदैब समाजको हितमा लागिरहेको सामाजिक संस्था भएको बताउदै आज त्यही विचार अन्तर्गत वडा नम्बर ४ लाई सहयोग गर्न पाउँदा हर्षित भएको बताए । हस्तान्तरण गरेको स्ट्रिट लाइटहरुले रातिको समय स्थानीयवासीहरुलाई जनजीवनमा सहजता पुर्याउने उनले विश्वास व्यक्त गरे ।
यसको साथै भविष्यमा पनि सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्रिज नेपालले सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरू संचालन गर्ने कुरामा उनले जोड दिए ।
सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...