नाडा अध्यक्षको सरकारलाई आग्रह : अटो व्यवसायलाई गैरकानुनी व्यवसाय बनाउनबाट रोकौ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी बजेटमा कर घटाउने, अन्तःशुल्क घटाउने वा अन्य व्यवस्था गर्ने दायित्व सरकारको भएको बताएका छन् ।

उनले एउटा व्यवसायीको नाताले त्यो माग सधै गर्दै आएको र परिस्थिति अनुसार सरकारले यसको व्यवस्था गर्ने भएकाले विशेष गरी मौद्रिक नीतिलाई खुकुलो बनाएमा सबै व्यवसायीलाई फाइदा हुने भएकाले त्यसै अनुसारको व्यवस्था गर्न सुुझाव दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्यमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको प्रि-बजेट छलफल कार्यक्रमा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।

अध्यक्ष चौधरीले हालको परिस्थितिबाट धेरै व्यवसायी पलायन भएको वा खेदिएको भन्ने अवस्था आएको र हाल अटोमोबाइल व्यवसाय एउटा स्वच्छ व्यवसायको रुपमा परिचित रहेको बताउँदै यसलाई गैरकानुनी व्यवसायको रुपमा पहिचान हुने डरबाट बचाउन सबैसँग आग्रह गरे । यसका लागि देशका विभिन्न नाकाहरुमा भइरहेका अवैध आयात र अन्य कार्यहरु समेत रोक्नु पर्ने उनको सुुझाव थियो ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले हाल समग्रमा हेर्दा ईभीका कारण यो व्यवसाय केही टिकेको भए पनि यसमा स्थिर नीति हुनुु पर्ने आवश्यकतामा जोड दिए । उनले ईभीकै कारण गत वर्ष भन्दा प्यासेन्जर भेइकलको आयात बढेको, तर आईसीई भेइकलको व्यवसाय दयनीय रहेको बताए ।

त्यसैगरी दुईपांग्रे सवारी र कमर्सियल सवारीको व्यवसाय समेत खस्किएको र समग्रमा स्पेयर पार्ट्स, लुब्रिकेन्ट, ब्याट्री लगायतका कम्पोनेन्टको व्यवसाय समेत खस्किएकाले यो व्यवसायलाई उकास्नका लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।

यसका लागि सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा मानेर त्यही अनुसारको नीति नलिने हो भने यो व्यवसाय नै कोल्याप्स हुने भएकाले त्यसै अनुसारको व्यवस्था गर्न श्रेष्ठले सुुझाव दिए ।

अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले व्यवसायीहरुले उठाएका विभिन्न तथ्यहरुलाई मनन गरी सरकारले आवश्यक व्यवस्था गर्ने बताए । देश र व्यवसाय सबैको हितका लागि आवश्यक कार्य गर्ने उद्देश्यका साथ नै सरकार अगाडि बढिरहेकाले त्यसै अनुसार सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरू

चैत्र १३ देखि १७ सम्म पोखरामा ‘वाडा अटो शो’आयोजना हुने, नाडाले सहयोग गर्ने

चैत्र १३ देखि १७ सम्म पोखरामा ‘वाडा अटो शो’आयोजना हुने, नाडाले सहयोग गर्ने

काठमाडौं–नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स...

सरकार र निजी क्षेत्रको सहकार्यमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउनु पर्ने निष्कर्ष

सरकार र निजी क्षेत्रको सहकार्यमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउनु पर्ने निष्कर्ष

काठमाडौं – सरकारी र निजी क्षेत्रको सहकार्यमा विद्युतीय सवारीका लागि...

ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...