नाडा अध्यक्षको सरकारलाई आग्रह : अटो व्यवसायलाई गैरकानुनी व्यवसाय बनाउनबाट रोकौ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी बजेटमा कर घटाउने, अन्तःशुल्क घटाउने वा अन्य व्यवस्था गर्ने दायित्व सरकारको भएको बताएका छन् ।

उनले एउटा व्यवसायीको नाताले त्यो माग सधै गर्दै आएको र परिस्थिति अनुसार सरकारले यसको व्यवस्था गर्ने भएकाले विशेष गरी मौद्रिक नीतिलाई खुकुलो बनाएमा सबै व्यवसायीलाई फाइदा हुने भएकाले त्यसै अनुसारको व्यवस्था गर्न सुुझाव दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्यमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको प्रि-बजेट छलफल कार्यक्रमा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।

अध्यक्ष चौधरीले हालको परिस्थितिबाट धेरै व्यवसायी पलायन भएको वा खेदिएको भन्ने अवस्था आएको र हाल अटोमोबाइल व्यवसाय एउटा स्वच्छ व्यवसायको रुपमा परिचित रहेको बताउँदै यसलाई गैरकानुनी व्यवसायको रुपमा पहिचान हुने डरबाट बचाउन सबैसँग आग्रह गरे । यसका लागि देशका विभिन्न नाकाहरुमा भइरहेका अवैध आयात र अन्य कार्यहरु समेत रोक्नु पर्ने उनको सुुझाव थियो ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले हाल समग्रमा हेर्दा ईभीका कारण यो व्यवसाय केही टिकेको भए पनि यसमा स्थिर नीति हुनुु पर्ने आवश्यकतामा जोड दिए । उनले ईभीकै कारण गत वर्ष भन्दा प्यासेन्जर भेइकलको आयात बढेको, तर आईसीई भेइकलको व्यवसाय दयनीय रहेको बताए ।

त्यसैगरी दुईपांग्रे सवारी र कमर्सियल सवारीको व्यवसाय समेत खस्किएको र समग्रमा स्पेयर पार्ट्स, लुब्रिकेन्ट, ब्याट्री लगायतका कम्पोनेन्टको व्यवसाय समेत खस्किएकाले यो व्यवसायलाई उकास्नका लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।

यसका लागि सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा मानेर त्यही अनुसारको नीति नलिने हो भने यो व्यवसाय नै कोल्याप्स हुने भएकाले त्यसै अनुसारको व्यवस्था गर्न श्रेष्ठले सुुझाव दिए ।

अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले व्यवसायीहरुले उठाएका विभिन्न तथ्यहरुलाई मनन गरी सरकारले आवश्यक व्यवस्था गर्ने बताए । देश र व्यवसाय सबैको हितका लागि आवश्यक कार्य गर्ने उद्देश्यका साथ नै सरकार अगाडि बढिरहेकाले त्यसै अनुसार सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरू

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

अंग्रेजी वर्ष २०२२ अन्ततः हामीबाट बिदा भएको छ । विभिन्न उतारचढाव झेलेको यो...

कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह

काठमाडौं – नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय...

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...