बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध मोटरहेड बाइकको २०२० मोडलको स्टक लगभग सकिएको छ । लकडाउनको कारण केही समय बजार सुस्ताएको भए पनि फेस्टिभ सिजनको समयमा प्रशस्तै बाइकको माग भएकाले हाल नेपाली बजारमा उपलब्ध अधिकांश स्टक सकिएको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले बताएको छ ।
कम्पनीले उपलब्ध गराएको बाइकको गुणस्तरीयता, विभिन्न समयमा ल्याएको स्किम र देशका विभिन्न भागमा बढ्दै गएको सर्भिस नेटवर्कका कारण यो सबै सम्भव भएको कम्पनीले दावी गरेको छ । कम्पनीले लकडाउन पश्चात पनि केही मोडलका बाइक नेपाली बजारमा भित्र्याएको थियो । अब भने २०२१ का नयाँ मोडल नेपाली बजारमा भित्रिने छन् ।
लकडाउन खुले पश्चात कम्पनीले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम लागू गरेको थियो । सो अवसरमा सबै बाइकमा २० हजार रुपैयाँ सम्म छुट प्रदान गरिनुका साथै ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट र तेस्रो पक्ष बिमा गराउने व्यवस्था थियो । यही स्किमलाई फेस्टिभ स्किमको रुपमा दसैं, तिहार जस्ता चाडपर्वको समयमा समेत उपलब्ध गराइएको थियो ।
हाल नेपाली बजारमा ७ मोडलका मोटरहेड बाइक उपलब्ध छन् । यी मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।
त्यसैगरी अन्य मोडलमा मोटरहेड स्पोर्टस अफरोड टयर, स्पोर्टस् रोड टायर, एक्स टर्क र एमएच १५० आर छन् । यी मोडलको मुल्य क्रमशः३ लाख ६० हजार, ३ लाख ६५ हजार, ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।
हाल देशका १४ स्थानमा शोरुम स्थापना भएका छन् भने ती मध्ये १२ वटा थ्रीएस सर्भिस सहितका शोरुम हुन् । अन्य स्थानमा समेत शोरुम बिस्तार गर्ने योजनाका साथ कम्पनी अघि बढेको बताइएको छ ।
यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...