नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने
काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...
हेलमेट र राइडिङ गियर निर्माता कम्पनी स्टीलबर्डले आफ्नो नयाँ हेलमेट सिरिज फाइटर भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले स्टीलबर्ड फाइटर हेलमेट लेटेस्ट इनोभेसन, प्रोटेक्शन, कम्फर्ट र स्टाइल कम्बोको साथमा लन्च गरेको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी र एलईडी रियर ब्लिंकर जडान गरिएको छ ।
स्टीलबर्डको नयाँ फाइटर सिरिज हेलमेट विभिन्न भेरिएन्टमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २ हजार ९९९ भारुबाट सुरु हुन्छ।
स्टीलबर्ड फाइटर सिरिज हेलमेट ३ साइज विकल्पमा उपलब्ध छ, जसमा मिडियम ५८० एमएम, लार्ज ६०० एमएम र एक्सएल ६२० एमएमको छ । साथै सो हेलमेट विभिन्न आकर्षक कलरमा उपलब्ध छ । कम्पनीले यसमा हाई इम्प्याक्ट पार्ने थर्मोप्लास्टिक सामग्री प्रयोग गरेको छ, जसले यसलाई बलियो र स्थायित्वको हिसाबले उत्कृष्ट बनाउँछ।
स्टीलबर्डको नयाँ हेलमेटमा ५.२ स्मार्ट ब्लुटुथ जडान गरिएको छ। यसमा लिथियम आयन ब्याट्रीले सुसज्जित गरिएको छ, जसको मद्दतले ४८ घण्टाको टक टाइम, ११० घण्टाको स्ट्यान्डबाइ टाइम, भ्वाइस कमाण्ड मार्फत नेभिगेसन सुविधा लिन सकिन्छ । यसमा नाइट राइडिङका लागि एलईडी लाइट ब्लिंकर पनि छ, जसलाई हेलमेटमा जडान गरिएको सानो पुश बटनबाट नियन्त्रण गर्न सकिन्छ ।
सो हेलमेटमा नोज प्रोटेक्टर, माउथ गार्डमा भेन्ट्स, रिप्लेस गर्न मिल्ने र धुन मिल्ने इन्टेरियर, थप सुरक्षाका लागि विन्ड डिफ्लेक्टर, पोली कार्बोनेट एन्टी-स्क्र्याच कोटेड भाइजर, रातिको समयमा राम्रो भिजिबिलिटीका लागि घाँटीमा रिफ्लेक्टिभ पार्ट्स, माइक्रो-मेट्रिक बकल, क्विक रिलिज भाइजर, स्पोर्टी लुकको लागि पेन्टेड ब्ल्याक र क्रोम फिनिशमा पोली कार्बोनेट स्पोइलर, एड्जस्टेबल भिजिबिलिटी भएको इनर सनशिल्ड, विन्डशिल्डका लागि एरोडायनामिक डिजाइन जस्ता फिचर रहेका छन्
स्टीलबर्डको सो हेलमेटमा एयरफ्लो भेन्टिलेसन सिस्टम पनि रहेको छ । फगिङबाट बच्न एन्टि फग शिल्ड पिन लक–३० र पिन लक–७० उपलब्ध गराइएको छ, जुन आफ्नो आवश्यकता अनुसार किन्न सकिन्छ ।
काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...
केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो हेलमेटको...
भारतमा हेल्मेट र सवारी सुरक्षासम्बन्धी उपकरण उत्पादन तथा बिक्री गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...