धोबीघाटमा अब अत्याधुनिक एमजी सर्भिस सेन्टर, ७ दिने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा

काठमाडौं – नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजी ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिस प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले २२ जुलाईदेखि २९ जुलाई २०२६ अर्थात २०८३ साउन ६ देखि १३ सम्म ७ दिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइने कम्पनीको भनाइ छ।

एमजी ग्राहकहरूको स्वामित्व अनुभव अझ सुदृढ बनाउन तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको बताइएको छ ।

ग्रान्ड ओपनिङ सर्भिस क्याम्पका मुख्य आकर्षणहरूमा सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा, कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा, जेन्युइन एमजी स्पेयर पार्ट्सको उपलब्धता, पारदर्शी तथा प्रतिस्पर्धी सेवा शुल्क र रिभ्यु एन्ट विन अभियान आदि रहेका छन् । रिभ्यु एन्ड विन अभियान अन्तर्गत आफ्नो सेवा अनुभव गुगल रिभ्यु, सामाजिक सञ्जालमा भिडियो (रिल्स) वा लिखित प्रतिक्रियामार्फत साझा गर्ने ग्राहकले आकर्षक एमजी गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्नेछन्।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले उक्त डेडिकेटेड एमजी सर्भिस सेन्टरको स्थापना ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम भएको बताए । उनले उत्कृष्ट आफ्टर सेल्स सर्भिस नै सफल स्वामित्व अनुभवको आधार हो भन्ने कम्पनीको विश्वास भएको बताउँदै यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए ।

कम्पनीले सम्पूर्ण एमजी ग्राहकलाई २२ जुलाईदेखि २९ जुलाईसम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भई नयाँ सेवा सुविधाको अनुभव लिन अनुरोध गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...