ईभी पायोनियर अवार्डद्वारा चीनमा सम्मानित भयाे नेपालकाे एसपीजी अटाेमाेबाइल्स

काठमाडौं - चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फ्रेन्स २०२५’ मा ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ । उक्त सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो जहाँ चेरिको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन् ।

सम्मेलनमा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई साे अवार्ड हस्तान्तरण गरे ।

१२० भन्दा बढी देशका ३ हजार भन्दा बढी डिलरहरूको सहभागिता रहेको साे अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धिहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्‍यो ।

सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत श्यिन तोङ्गयुए र चेरी इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङ आदिको विशिष्ट उपस्थिति रहेको थियो ।

एसपीजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनीको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘ईभी पायोनियर अवार्ड’ प्रदान गरिएको बताइएको छ। यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात प्रवर्द्धनप्रति कम्पनीको प्रतिबद्धता र सक्रियतालाई उजागर गरेेकाे कम्पनीको भनाइ छ ।

ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा ई-फाइभ’ ईभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो शाे २०२४’मा यसको रग्ड र स्टाइलिस सब-ब्रान्ड ‘जेइको जे-सिक्स’ ई-एसयूभी प्रस्तुत गरेको थियो ।

यी नवीनतम ईभी ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपीजी अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडीहरू सफलतापूर्वक बिक्री गरी उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध नयाँ इलेक्ट्रिक गाडी अर्थात ईभी...

४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने

४९० किलोमिटर रेन्ज दिने नयाँ कोना आउँदै, फिचर र व्याट्रीको साइज पनि वढ्ने

हुन्डाइले आफ्नो पहिलो इलेक्ट्रिक क्रसओभर कोनामा ठूलो साइजको व्याट्री र...

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...