ओमोडा र जेको ईभीका लागि चार्जिङ पूर्बाधार विस्तार हुँदै, कार्तिकसम्म २७ स्थानमा बन्ने

काठमाडौं– ओमोडा ईभी बिक्री गर्दै आएको एसपिजी अटोमोबाइल्स चार्जिङ पूर्बाधार विस्तरामा आक्रमक बन्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्न लागेको जेको ब्राण्डलाई समेत मध्येनजर गर्दै आगामी कार्तिकसम्म २७ स्थानमा चार्जिङ स्टेशन सञ्चालन गर्न लागेको हो ।

कम्पनीले हाल ५ स्थानमा यस्तो पूर्बाधार निर्माण गरिसकेको छ भने आगामी भदौसम्म थप ७ स्थान र कार्तिकसम्म बाँकी १५ स्थानमा पनि चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको छ । हाल ओमोडा ई५ मात्रै बिक्री गर्दै आएको एसपिजी अटोमोबाइल्सले काठमाडौंको सितापाईला र उत्तरढोका तथा भक्तपुर, विराटनगर र पोखरामा फास्ट चार्जिङ स्टेशन निर्माण गरिसकेको छ ।

भदौसम्म कुरिनटार, नेपालगन्ज, ईटहरी, नारायणघाट, बुटवल, वर्दिबास र विर्तामोडमा निर्माण भई सञ्चालनमा आउने कम्पनीको भनाई छ । त्यसपछि तेस्रो चरणमा धरान, लाहन, खुर्कोट, जनकपुर, सुर्खेत, धुलिखेल, हेटौडा, पतलैया, दमौली, दाङ, कोहलपुर, धनगढी, तातोपानी, रसुवा गढी र विरगंजमा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी कम्पनीले थालेको हो ।

चिनियाँ अटो निर्माता चेरी अन्तर्गतको ओमोडा ईभी आयत गरी बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्स आगामी नाडा अटो शोमार्फत सोही ब्राण्डाको अर्को नयाँ ईभी ब्राण्ड जेको समेत बिक्री गर्ने तयारीमा छ । ओमोडा ई५ हालसम्म ३५० भन्दा बढी बिक्री भैसकेका छन् ।

सम्बन्धित समाचारहरू

केई अटो ग्लोबल कन्फ्रेन्समा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते अवार्ड

केई अटो ग्लोबल कन्फ्रेन्समा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते अवार्ड

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

थप १०० स्मार्ट विद्युतीय बस काठमाडौंमा गुडाउने वारेमा छलफल

थप १०० स्मार्ट विद्युतीय बस काठमाडौंमा गुडाउने वारेमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस सञ्चालानका...

अस्थिर नीतिको असर विद्युतीय सवारीमा पर्यो : रवि लामिछाने

अस्थिर नीतिको असर विद्युतीय सवारीमा पर्यो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसाद रवि लामिछानेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...