होन्डा ग्राजिया किन्दा राम कुमारले जिते ५ लाख
काठमाडौं– होन्डा ग्राजिया स्कुटरको खरिदमा राम कुमार श्रेष्ठले ५ लाख नगद...
नेपालमा बिक्रीका लागि उपलब्ध होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० को मूल्यले हाल निकै नै चर्चा पाएको छ ।
होन्डाको यो प्रिमियम मोडलको बाइक हो । यसको ड्युरेबिलिटी देखि लिएर स्पेयर पार्ट्सको उपलब्धता, २ वषर््को वारेन्टी, ७ वर्षको सर्भिसिङ सुविधा आदि सबै लाभ ग्राहकले लिन सक्ने र यसमा भएका विशेष फिचर तथा प्रविधि अनुसार यो महंगो नभएको कम्पनीको भनाइ छ ।
नेपाल अटोले आज आयोजना गरेको फेसबुक लाइभ कार्यक्रममा होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका निर्देशक सौरभ ज्योतिले यसलाई स्पष्ट पार्ने प्रयास गरेका छन् । उनका अनुसार मोटरसाइकलको सीसीलाई मात्र हेरेर महंगो वा सस्तो भन्ने हुँदैन । मोटरसाइकलमा भएका फिचर, टेक्नोलोजी आदि हेरेर मूल्यांकन गर्नु पर्छ । होन्डाको यो मोटरसाइकलमा भएका फरक विशेषता पहिचान गर्ने हो भने यो एकदमै उपयुक्त मूल्य भएको उनले बताए ।
ज्योतिका अनुसार बजारमा भएका अन्य ब्रान्डका ३५० वा ४०० सीसीका मोटरसाइकलमा नभएका एड्भान्स फिचर र टेक्नोलोजी सीबी ३५० मा छन् । यो मोटरसाइकलमा ३५० सीसीमा फर्स्ट इन सेगमेन्ट होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल छ, जसलाई स्विच अन र अफ गर्न सकिन्छ । सामान्यतः पानी परेको अवस्थामा अलिकति एक्सेलरेटर नमिल्दा चिप्लेर लड्ने सम्भावना हुन्छ । यो अवस्थामा टर्क कन्ट्रोल ग¥यो भने चिप्लिदैन, ह्विल स्पिन कन्ट्रोल हुन्छ ।
त्यसैगरी यसमा बीएस६ मापदण्डयुक्त फ्युल इन्जेक्सन सिस्टम छ । यसले गर्दा सेन्सरको सहायताले प्रशस्तै मात्रामा इन्धन इन्जिनमा जान्छ । तीव्र गति वा सुस्त गति दुवै अवस्थामा आवश्यकता अनुसारको इन्धन प्रवाह गरी पावरलाई बढाउछ ।
यसमा भएको अर्को फिचर स्लिपर असिस्ट क्लच हो । असिस्ट क्लचले गर्दा क्लच हल्का हुन्छ । एउटा औलाले पनि हलुका रुपमा बाइकलाई चलाउन सकिन्छ र हेभी ट्राफिकको अवस्थामा हातमा असर पुग्दैन । स्लिपर क्लचको कारणले मोटरसाइकल नहल्लिने र सहज तरिकाले चलाउन सकिन्छ । यसको अभावमा डाउन सिफ्ट गरेर मोटरसाइकल चलाउदा अन्य अवस्थामा झकझक गरेर हल्लिने हुन्छ । स्लिपर क्लचको कारणले इन्जिन जर्किङ न्यून हुन्छ ।
मोटरसाइकल चलाउदा कम्फर्टेबल र स्मुथ छ । ड्युअल च्यानल एबीएस, स्पिडोमिटरमा विभिन्न डिजिटल फिचर छ । हेर्दा भिन्टेज लुक भए पनि त्यसमा माथि उल्लिखित फिचर वाहेक मोबाइल चार्जिङ, साइड स्ट्यान्ड इन्डिकेटर, डिस्टेन्स टु माइलेज, रियल टाइम फ्युल एफिसियन्सी, गियर पोजिसन इन्डिकेटर, ब्याट्री भोल्टेज इन्डिकेटर, इको इन्डिकेटर आदि विभिन्न फिचर यो मोटरसाइकलमा उपलब्ध छन् ।
हालको अवस्थामा यति धेरै फिचर भएको मोटरसाइकल पाउन सकिदैन । यसले गर्दा हालको अवस्थामा हेर्दा रेट्रो भए पनि मोडर्न मोटरसाइकलको रुपमा रहेको होन्डा हाइनेस सीबी ३५० को मूल्य ७ लाख ५० हजार रुपैयाँ निकै नै उपयुक्त भएको ज्योतिले बताए । उनले भने, ‘फिचर अनुसार यो महंगो होइन, एकदमै भ्यालु फर मनी हो । जुन फिचर यो मोटरसाइकलमा उपलब्ध छ, त्यस अनुसार यसलाई फिचर रिच मोटरसाइकल भन्न सकिन्छ ।’
निर्देशक सौरभ ज्योतिले बाइक पारखी र ग्राहकहरुलाई यी सबै कुरालाई मनन गर्न समेत अनुरोध गरेका छन् ।
नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तर वर्तमान निषेधाज्ञाको अवस्थामा केही समयका लागि ५० हजार रुपैयाँ छुट हुने बताइएको छ ।
यो मोटरसाइकल किन्ने ग्राहकका लागि केही दिन भित्रै स्किमको घोषणा गरिने र सो स्किम होन्डाका अन्य स्कुटर वा मोटरसाइकलमा उपलब्ध स्किम भन्दा फरक हुने समेत ज्योतिले जानकारी दिए ।
काठमाडौं– होन्डा ग्राजिया स्कुटरको खरिदमा राम कुमार श्रेष्ठले ५ लाख नगद...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...