प्रोटोन गाडी किन्नेलाई अवसर : विशेष ०.९९ प्रतिशतमै प्रोटोनका गाडी पाइने

काठमाडौं – प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमै पहिलो र उत्कृष्ट दाबी गरिएको ‘विशेष ०.९९ प्रतिशत’ योजना सार्वजनिक गरेको छ । विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत उक्त योजनामा समावेश गरिएको छ । सो योजना यहि २४ असोज गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीको भनाइ छ ।

नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङ गरेर खरिद गर्न सक्ने बताइएको छ । उचित कागजपत्र बुझाएको ४८ घण्टामै ग्राहकहरुले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन् ।

उक्त प्रोटोन ‘विशेष’ योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि पÞmाइनान्सिङको योजनाहरु पाउन सक्नेछन् । जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा पनि रहेको छ । यी योजनाहरु सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन–हाउस फाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ ।

विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स७० को सुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएस आइक्युब एसको नयाँ संस्करण लन्च

टीभीएसले भारतीय बजारमा इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युब एसको नयाँ भर्सन...

नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार युनिट बिक्री

नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार युनिट बिक्री

काठमाडौं–नेपालमा टीभीएस एनटर्क–१२५ १ लाख ५० हजार युनिट बिक्री भएको छ । सो...

पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरा– टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...