हालको स्पेयर पार्ट्स स्टकले ३ महिना मात्र पुग्ने, आयात रोकिए निर्वाचनलाई समेत असर गर्ने

विदेशी मुद्राको संचितिमा दवाव महशुस गदै नेपाल राष्ट्र वैंकले ३ सयभन्दा बढी सामानको आयातमा तत्काल रोक लगाउन बाणिज्य वैंकहरुलाई मौखिक निर्देशन दिएसँगै अहिले गाडी लगायत स्पेयर पार्ट्सको आयातमा खोलिने एलसी लगभग बन्दाबन्दीको अवस्थामा छ । गाडी र मोटरसाइकललाई बिलासी सामानको वर्गमा राखेर राज्यले यसअघि नै एलसी खोल्दा ५० प्रतिशत क्यास मार्जिनलाई अनिवार्य गराएको थियो । उक्त प्रावधानपछि समस्यामा पर्दै आइरहेका अटोमोबाइल व्यवसायीलाई राष्ट्र वैंकले आयात नै रोक्ने गरी दिएको निर्दशनले थप पीडाबोध गराएको छ ।

राष्ट्र वैंकले दिएको निर्देशनमा स्पेयर पार्ट्स समेत सामेल भएपछि हाल बजारमा गुडिरहेका पुराना गाडीको मर्मत सम्भार नै प्रभावित बन्ने देखिएको छ । मेकानिकल वस्तु भएका कारण सवारीसाधनमा कुनै न कुनै समस्या आइरहन्छ । त्यस्ता समस्याको निदानका लागि सामान्यदेखि अत्यावश्यक र संवेदनशील पार्ट्सको आवश्यकता पर्छ । तर राज्यले यस्ता सामानको आयातमा समेत रोक लगाएपछि यसले हाल गुडिरहेका सवारीसाधन बिग्रेको खण्डमा थन्काएर राख्नुपर्ने अवस्था निम्तिन सक्ने व्यवसायीले बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष एवं स्पेयर पार्ट्स समितिका सभापति सुनिल रिजाल सवारी साधन र स्पेयर पार्ट्सलाई एउटै वर्गमा राखेर रोक लगाइनु सरासर गलत भएको बताउँछन् । उनी भन्छन्, ‘जसरी मानिस विरामी पर्दा औषधि अत्यावश्यक हुन्छ, त्यसैगरी सवारीसाधन बिग्रदा त्यसलाई मर्मतसम्भार गर्न स्पेयर पार्ट्सको महत्व उत्तिकै हुन्छ । एउटै गाडीमा हजारौ प्रकारका स्पेयर पार्ट्स प्रयोग हुने हुँदा एउटा सानोमात्र पार्ट्स उपलब्ध नभएको खण्डमा गाडीलाई थन्काएर राख्नुको विकल्प रहँदैन । विना स्पेयर पार्ट्स सवारीसाधन संचालन हुन नसक्ने हुँदा हाल गुडिरहेका सवारीसाधनलाई नियमित संचालनमा ल्याउनका लागि पनि स्पेयर पार्ट्सको आयात खुल्ला गरिनुको कुनै विकल्प देखिँदैन ।’

स्पेयर पार्ट्सको आयातमा रोक लगाउँदा यसले बजारमा कालोबजारी र अनधिकृत करोबारलाई प्रश्रय दिने उनको भनाइ छ । ‘खुल्ला सीमानाका कारण अबैध वाटोमार्फत आयात हुने स्पेयर पार्ट्सको बिगबिगी बढ्ने हुँदा यसले मूल्य वृद्धि र राजस्व संकलनमै धक्का दिने देखिन्छ’ उनी भन्छन् ।

गाडी र मोटरसाइकल दुबै प्रकारका सवारीसाधनलाई आवश्यक पर्ने स्पेयर पार्ट्सको आयात गर्ने कम्पनी सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र यदि स्पेयर पार्ट्सको आयातलाई तत्कालै खुल्ला नगर्ने हो भने यसले आउँदै गरेको निर्वाचनलाई समेत प्रभावित पार्ने बताउँछन् । उनी भन्छन्, ‘निर्वाचनको समयमा कर्मचारी र सुरक्षाकर्मीले प्रयोग गर्ने गाडीमा समस्या आएर मर्मतसम्भार हुन नसके के हुन्छ भनेर सरकारले सोच्न सकिरहेको छैन । यदि समस्या रहिरहे त्यस्ता गाडी समेत थन्किएर बस्नुपर्ने उनको भनाइ छ । साथै, यो समस्या तत्काल नसुल्झिए यसले देशभरीकै मोबिलिटीमा समस्या निम्ताउन सक्ने उनको चेतावनी छ ।

अर्का व्यवसायी श्रीदुश इन्टरनेसनलका प्रबन्ध निर्देशक रिद्धि कार्की व्यवसायीसँग हाल भएको स्टकले ३ महिनासम्म थेग्न सक्ने र त्यसपछि अवस्था विकराल बन्दै जाने बताउँछन् । उनी भन्छन्, ‘यो समस्या तत्कालै समाधान नहुने हो भने यसले स्वतन्त्र रुपमा आवतजावत गर्न पाउने नागरिकको नैसर्गिक अधिकारलाई नै बञ्चित गर्ने देखिन्छ । जुन नागरिक बिरुद्ध गरिएको अपराध सरह ठहरिनेछ । साथै यसले व्यवसायीलाई समस्यामा त पार्छ नै राज्यले समेत ठूलो रकम राजस्व गुमाउनु पर्ने हुन्छ ।’

सम्बन्धित समाचारहरू

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा...

पञ्चकन्याले अब ओएलएसका वर्कशप टुल्स र इक्विपमेन्ट बिक्री गर्ने

पञ्चकन्याले अब ओएलएसका वर्कशप टुल्स र इक्विपमेन्ट बिक्री गर्ने

काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित...

डिस्क ब्रेकमा किन हुन्छ प्वाल ?

डिस्क ब्रेकमा किन हुन्छ प्वाल ?

ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...