सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट अझ स्मार्ट बन्दै एमजीका विद्युतीय कार 

एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । साथै, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ ।’सेमि-साेलि-स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिनेछ, जुन यस प्रकारको पहिलो ठूलो मात्रामा उत्पादन हुने ब्याट्री हुनेछ ।

फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए । इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्छ । यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउछ । नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ । इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र होइन, इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुन्छ । गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउछ । यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ ।

एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १.८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ । यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मूथ, शान्त र छिटो हुने अपेक्षा गरिएको छ ।

एमजीको ‘सोलिडकोर’ नामको नयाँ ‘सेमि-सोलिड-स्टेट’ ब्याट्री पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिएको छ । यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ, जसले यसलाई साधारण ब्याट्रीभन्दा धेरै ठोस बनाउछ । यस डिजाइनले बढी ऊर्जा सञ्चय गर्न सक्ने भएकाले गाडीको दूरी बढ्छ । साथै छिटो चार्ज हुने र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने क्षमता पनि हुन्छ ।

यसको अर्को ठूलो फाइदा सुरक्षा हो । सामान्य लिथियम आयन ब्याट्रीमा क्षति हुँदा अत्यधिक ताप बढेर आगलागी हुने जोखिम हुन्छ, जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । तर एमजीका अनुसार नयाँ ब्याट्री निकै सुरक्षित छ । परीक्षणका क्रममा दबाउदा वा प्वाल पार्दा पनि यसले आगो वा स्पार्क उत्पन्न गर्दैन । यसमा ठोस र जेलजस्तो पदार्थसँगै लिथियम र म्याङ्गनीजको मिश्रण प्रयोग गरिएको छ, जसले सुरक्षा र स्थिरता बढाउछ ।

यी सबै नयाँ प्रविधिमार्फत एमजीले आफ्ना भविष्यका गाडीहरूलाई अझ शक्तिशाली, सहज, शान्त, सुरक्षित र ऊर्जा-दक्ष बनाउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

२०२३ मा आउदै छन् यी १० नयाँ एसयूभी

२०२३ मा आउदै छन् यी १० नयाँ एसयूभी

सन् २०२२ मा बजारमा धेरै एसयूभी लन्च भए । यी मध्ये क्रसओभर र सब कम्प्याक्ट...

बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

एमजी मोटरले आफ्नो सानो इलेक्ट्रिक कार कोमेट ईभी पेश गरेको छ । यो हाल...

जेडएस इभीको अभावलाई एट्टो ३ ले गर्ला त पुरा, जेडएस छाडेर यो कार किन्ने संभावना कति ?

जेडएस इभीको अभावलाई एट्टो ३ ले गर्ला त पुरा, जेडएस छाडेर यो कार किन्ने संभावना कति ?

बजारमा अहिले एकाध वाहेक अधिकांश ब्रान्डका इलेक्ट्रिक कार भनेकै समयमा खरिद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...