सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन थालेको छ । केहीसमय अघिमात्र नेपाली बजारमा भित्रिएको उक्त बाइकको केहिदिन भित्रै स्टक सोल्ड आउट भएको थियो ।

नयाँ लट आउन केही समय लाग्ने भन्दै कम्पनीले आपूर्ति सहज हुनेबित्तिकै डेलिभरी गरिने बताएको थियो । कम्पनी स्रोतका अनुसार हाल नयाँ लट आउन थालेका कारण ग्राहकले अब लामो समय कुुर्नुपर्ने छैन । बाइक बुकिङ गरेको बढीमा १ हप्ताभित्र डेलिभरी दिइसक्ने उक्त स्रोतले दाबी गरेको छ । हाल यो बाइक होन्डाका प्रायः सबैजसो डिलरमा उपलब्ध रहेको समेत बताइएको छ ।

३५० सीसी क्षमताको यो बाइकमा आधुनिक फिचर्स थप गरिएको छ । यो बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक र पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकरसहित एलईडी हेडल्याम्प, एस्सिट एन्ड स्लिपर क्लच, डिजिटल मिटर, लामो र आरामदायी सिटजस्ता यस बाइकको धेरै मध्येका केही विशेषताहरु हुन् । नेपाली बजारमा यसको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...

यी हुन होन्डाको नेपाली बजारमा उपलब्ध बिग बाइक, मूल्य ३४ लाख ५० हजारसम्म

यी हुन होन्डाको नेपाली बजारमा उपलब्ध बिग बाइक, मूल्य ३४ लाख ५० हजारसम्म

होन्डा नेपाली अटो बजारमा सर्बाधिक रुचाइएको टु ह्विलर ब्रान्ड हो । ६ दशक अघि...

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...