११ सिटर इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ नेपाल ल्याउँदै एमएडब्लु ग्रुप

काठमाडौं – एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ ल्याउने भएको छ । सेरेस ग्रुप अन्तर्गतको सोकोन ब्रान्डको सो इलेक्ट्रिक भ्यान नेपाल भित्रिए पछि फेरि इलेक्ट्रिक भ्यान सेगमेन्टमा अर्को प्रतिस्पर्धा थपिने छ ।

कम्पनीका अनुसार सो इलेक्ट्रिक भ्यान चाँडै नै नेपाल भित्र्याउने योजना रहेको छ र आगामी अप्रिल महिना देखि यसको बिक्री–वितरण शुरु गर्ने योजना रहेको छ ।

एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, फियाट, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ । नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन् ।

सेरेस ग्रुपलाई विश्वव्यापी रुपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रुपको रुपमा चिनिन्छ र यो डोङफेङ र सेरेस ग्रुपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । सेरेस ग्रुप कमर्सियल भेइकलका लागि ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो चाइनिज अटोमोटिभ ब्रान्ड समेत हो ।

ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ । विश्वका ७० भन्दा बढी देश र क्षेत्रमा यी सवारी साधन बिक्री हुन्छन् ।

सम्बन्धित समाचारहरू

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमा ३ चाइनिज ब्रान्ड

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमा ३ चाइनिज ब्रान्ड

चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...

केवाईसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान बिक्री रोक्न अदालतको आदेश

केवाईसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान बिक्री रोक्न अदालतको आदेश

काठमाडौँ–उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर...

अन्यौलतामा नेपालमै बनेको हुलासको विद्युतीय कार दा भिन्ची, सरकारको अस्थिर नीति कारक

अन्यौलतामा नेपालमै बनेको हुलासको विद्युतीय कार दा भिन्ची, सरकारको अस्थिर नीति कारक

नेपालमा बनेको इलेक्ट्रिक गाडीको चर्चा गर्दा धेरैले पूर्व प्रधानमन्त्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...