ईभी लभरका लागि अर्को खुसी : सेकेन्डमै चार्ज हुने सोडियम आयोन ब्याट्रीको विकास

कोरियाको एड्भान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले हाई पावर हाइब्रिड सोडियम आयोन ब्याट्री विकास गरेका छन्, जुन सेकेन्डमै चार्ज गर्न सकिन्छ ।

हाल इलेक्ट्रिक सवारी साधनमा प्रयोग गरिने ब्याट्रीका लागि आवश्यक लिथियम भन्दा सोडियम एक हजार गुणा बढी उपयुक्त मानिन्छ ।

त्यसकारण परम्परागत लिथियम आयोन इलेक्ट्रोकेमिकल इनर्जी स्टोरेज भन्दा सोडियम आयोन इलेक्ट्रोकेमिकल इनर्जी स्टोरेज डिभाइस बढी आकर्षक मानिन्छ ।

इन्स्टिच्युटको डिपार्टमेन्ट अफ मेटरियल साइन्स एन्ड इन्जिनियरिङका प्रोफेसर ज्युङ कु काङको नेतृत्वमा रहेको रिसर्च टिमले ब्याट्रीहरुमा प्रयोग गरिने एनोड मेटरियललाई सुपर क्यापासिटरका लागि उपयुक्त क्याथोडसँग एकीकृत गरेको थियो ।

डिजाइनका आधारमा सोडियम आयोन ब्याट्री परम्परागत लिथियम आयोन ब्याट्री जस्तै समान छन् । तर क्याथोडमा लिथियम आयोनको स्थानमा सोडियम आयोन प्रयोग गरिन्छ । यसमा लिथियम लवणको स्थानमा सोडियम लवण राखिएको हुन्छ । त्यसैगरी लिथियम आयोन भन्दा सोडियम आयोन ब्याट्री उपयुक्त, सस्तो र सुरक्षित समेत छन् ।

साइन्स डिरेक्ट नामक जर्नलमा यस सम्बन्धी रिसर्च प्रकाशित भएको छ । भविष्यमा यो ब्याट्री व्यावहारिक रुपमा प्रयोगमा आएमा इलेक्ट्रिक सवारी साधन अर्थात ईभी चलाउनेहरुले लामो समय सम्म ब्याट्री चार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने छन् र ईभीको प्रयोग अझै बढेर जाने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने...

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...

लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम  अब जनकपुरमा खुल्दै

लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम अब जनकपुरमा खुल्दै

काठमाडौं – नेपाली बजारमा विगत ३० वर्ष देखि परिचित बज्र ग्रुप अन्तर्गतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...