एसएमएल इसुजुका सवारीसाधन किन्न रिलायन्स फाइनान्सले वित्तिय समाधान प्रदान गर्ने

काठमाडौं–एसमएएल इसुजु ब्रान्डका सवारीसाधनमा वित्तिय समाधान प्रदान गर्न लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र रिलायन्स फाइनान्स लिमिटेडले एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलयान्स फाइनान्स लिमिटेडका सिइओ समाज प्रकाश श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुुसार, कमर्शियल सवारीसाधन किन्न चाहने ग्राहकहरूका लागि रिलायन्स फाइनान्सले सुविधाजनक वित्तीय समाधान प्रदान गर्नेछ । समझदारीको मुख्य उद्देश्य एसएमएल ब्राण्डका ट्रक, टिपर, सार्वजनिक बस, स्कूल बस र विशेष उद्देश्यका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय समाधान उपलब्ध गराउनु रहेको बताइएको छ ।

कम्पनीका अनुसार, ग्राहकको प्रारम्भिक छनोट लक्ष्मी कमर्शियल भेहिकल्सका वितरक र डिलरहरूले गर्नेछन् । नजिकको रिलायन्स फाइनान्सको शाखाबाट अधिकतम ५ वर्ष अवधिको मासिक किस्ता प्रणालीमा ऋण सेवा उपलब्ध हुनेछ ।
लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले गुणस्तरीय, भरपर्दो र नेपाली सडक तथा व्यवसायिक आवश्यकता अनुकूल सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले आफ्नो थ्रीएस (बिक्री, सेवा, स्पेयर पार्ट्स) प्रणालीका लागि मुख्य कार्यालय काठमाडौंको गुर्जुधारामा स्थापना गरेको छ भने ७ वटै प्रदेश तथा सबै ठूला शहरमा सेवा उपलब्ध गराउँदै आएको छ ।

यस साझेदारीले लक्ष्मी कमर्शियल भेहिकल्सलाई एसएमएल इसुजु ब्राण्डमार्फत नेपालभर व्यवसायिक सवारीसाधन क्षेत्रमा अझ मजबुत उपस्थिति विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुर्याउन सक्षम बनाउने विश्वास लिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...