स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्वदेशी लुव्रिकेन्ट्स व्रान्ड स्मार्टले आफ्नो पहिलो डिलर सम्मेलन इलामको कन्याममा सम्पन्न गरेको छ । देशभरबाट सहभागी डिलर र तिनका प्रतिनिधीको उपस्थितीमा डिलर सम्मेलन सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक सुरज वराइलीले बताए । उनका अनुसार पहिलो सम्मेलन निकै नै सफल र फलदायी तवरले सम्पन्न हुनुको साथै आगामी वर्षहरुमा अझै राम्रो गर्ने प्रतिवद्धता समेत जाहेर गरिएको छ ।

बिगत १४ बर्षदेखी लुब्रिकेन्टस् व्यावसाय गर्दै आएका व्यावसयीहरुको समहुले यो उद्योग संचालनमा ल्याएका हुन् । संचालनमा आएको छोटो समयमा नै ग्राहकको बिश्वास जित्न सफल ब्राण्डको रुपमा स्मार्ट लुब्रिकेन्टस् स्थापित भएको निर्देशक वराइलीले बताए । उनले भने, ‘आजका दिनमा यस उद्योगले बिषेश गरी ग्रीज , ईजिन आयल, हाईड्रोलीक र गीयर आयल सहित करिव ४० देखी ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचिदेखी महाकालीसम्म नेटवर्क बिस्तार भैसकेको छ ।’

झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको भएको छ । उनका अनुसार लकडाउनकै समयमा यो उद्योग स्थापना भएको थियो । उद्योग संचालन गर्ने निर्णय गरी काठमाडौंबाट झापा आउँदै गर्दा त्यसको ठिक २ दिनपछि लकडाउन लगाउँदा समेत कत्तिपनि विचलित नभई निरन्तर उद्योग स्थापनामा खटेका कारण लक्ष्य भन्दा ५ महिना अगाडी अर्थात ७ महिनामै उत्पादन शुरु गर्न सकिएको उनले बताए ।

स्वदेशमै गुणस्तरिय लुव्रिकेन्ट्स उत्पादन गरी रोजगारी सिर्जना गर्नु र नेपाललाई लुव्रिकेन्ट्स उत्पादनमा आत्मनिर्भर बनाउनु आफूहरुको मुख्य लक्ष्य रहेको कार्यकारी निर्देशक बराइलीको भनाई छ ।

सम्बन्धित समाचारहरू

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ ।...

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ...

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...