लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमा सवारी लाइसेन्सको अवधि पाँच वर्षबाट १० वर्षसम्म हुने व्यवस्था गरिएकाे हाे ।
हाल, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, सवारी लाइसेन्सको अवधि पाँच वर्ष राखिएको छ, तर अबको संशोधनले यस अवधिलाई १० वर्षसम्मका लागि बनाएको हो।
प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ, जसमा चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म वैध रहने उल्लेख थियो। तर, अब दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दकाे सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ ।
प्रतिनिधि सभाको अनलाइन तथ्यांकअनुसार सो विधेयक तत्कालीन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले २०८० बैशाख २६ गते दर्ता गरेका थिए।
यसलाई दफाबार छलफलका लागि २९ भदौ २०८० मा विषयगत समितिमा पठाइएको थियो र समितिबाट पास भएर १४ वैशाख २०८१ मा सभामा पठाइएको विधेयकलाई हालै प्रतिनिधि सभाले पारित गरेको हो।
अब यो विधेयक राष्ट्रिय सभामा जाने र त्यहाँबाट समेत पारित भएपछि प्रकृयागतरुपमा राष्ट्रपतिकहाँ प्रमाणीकरणको प्रक्रियामा जानेछ । त्यसपछि नयाँ नियम समेत लागू हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...