प्रदेश जान थाले छपाई भएका स्मार्ट लाइसेन्स, यसरी खोजी गर्न सकिन्छ लाइसेन्सको स्थिति

काठमाडौं – यातायात व्यवस्था विभागले छपाई गरेका सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) प्रदेशमा वितरणका लागि पठाउन थालेको छ ।

विभागले सुदूर पश्चिम र कर्णाली प्रदेशका यातायात कार्यालयहरुमा कार्ड पठाएको हो । यातायात कार्यालय महाकाली, सेती, डोटी, डडेलधुरा, सुर्खेत, जुम्ला र चौरजहारीमा ती कार्ड पठाइएको जानकारी विभागले दिएको छ ।

यद्यपि ती स्थानका पनि सबै कार्ड भने पठाइएका छैनन् । क्रमशः अन्य प्रदेशमा पनि यस्ता कार्ड पठाइने विभागको भनाइ छ ।

आफ्नो कार्डको अवस्था के छ भनेर थाहा पाउनका लागि यातायात व्यवस्था विभागको वेबसाइट प्रयोग गर्न सकिन्छ ।

यसका लागि वेबसाइट खोलेर त्यसको दायाँ साइडमा रहेको सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) प्रिन्ट स्थितिमा रहेको खाली ठाउँमा आफ्नो ड्राइभिङ लाइसेन्स नम्बर राखेर ‘अवस्था जाँच गर्नुहोस्’ मा क्लिक गरेमा लाइसेन्सको अवस्था थाहा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

६ लाख सेवाग्राही लाइसेन्सको पखाईमा, कहिले पाइएला नयाँ लाइसेन्स

६ लाख सेवाग्राही लाइसेन्सको पखाईमा, कहिले पाइएला नयाँ लाइसेन्स

काठमाडौं – हाल चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको पर्खाइमा धेरै...

तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स छापियो ? अब नागरिक एपमै हेर्न सकिने

तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स छापियो ? अब नागरिक एपमै हेर्न सकिने

काठमाडौँ – सवारी चालक अनुमतिपत्र अर्थात क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स...

ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं– ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...