अब स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी

काठमाडौं – देशभर इलेक्ट्रिक गाडीमा एक्सचेन्ज अफर चलिरहेको समयमा अब स्काईवेल ब्रान्डको पालो आएको छ । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले ‘स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी’ क्याम्पेन ल्याएको छ ।

सो क्याम्पेन आज देखि प्रारम्भ भएको छ र आगामी सोमबार सम्म चल्ने छ । काठमाडौं उपत्यकाको राधेराधे, भक्तपुर तथा नक्सालका साथै इटहरी, सुनसरी, विराटनगर, पोखरा र चितवनका शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत जुनसुकै पेट्रोलियम वा ईभी ब्रान्डका पुराना सवारी साधनसँग प्रिमियम रियल ईभी स्काईवेल साट्न सकिने जी मोटर्सका म्यानेजिङ डाइरेक्टर कैलाश बाबु गेलालले बताए ।

आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेको सन्दर्भमा प्रि–बजेट अफरको रुपमा सो क्याम्पेन ल्याइएको कम्पनीको भनाइ छ । यसलाई कम्पनीले ‘नाउ अर नेभर स्किम’ समेत भनेको छ ।

स्काईवेल ईभी किन्नेका लागि हाल विभिन्न अफर समेत उपलब्ध छ । २० प्रतिशत डाउन पेमेन्टमै उपलब्ध हुने सो ईभी किन्दा जोडीका लागि युरोप टुर, बेस्ट एभर एक्सक्लुसिभ भ्याल्यु र स्पेसल क्यास डिस्काउन्ट लगायतका सुविधा समेत उपलब्ध छन् ।

नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी५ गरी स्काईवेलका तीन मोडल उपलब्ध छन् । नेपालमै सबैभन्दा बढी रेन्ज दिने ईभीको रुपमा स्काईवेल ईभी परिचित छन् । यी ईभीले ४१०, ५२० र ६२० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गर्दै आएको छ ।

४१० किमी बीई११ को मूल्य ७९ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८९ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १५ लाख रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

भारतमा ईभीको बिक्री दोब्बरले बृद्धि, कुल बिक्रीमा ईभीको हिस्सा ५ प्रतिशत

भारतमा ईभीको बिक्री दोब्बरले बृद्धि, कुल बिक्रीमा ईभीको हिस्सा ५ प्रतिशत

विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...

यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

ईभी स्टार्टअप कम्पनी गोगोएवनले भारतमा दुई पाङ्ग्रे सवारीका लागि पहिलो...

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...