अमेरिकामा हाइब्रिड गाडीको बिक्रीमा तीव्र वृद्धि, कर छुट हटेपछि ईभी बजारमा धक्का
काठमाडौं–इन्धनको बढ्दो मूल्यका वावजुत अमेरिकी उपभोक्ताहरू विद्युतीय...
काठमाडौं–भृकुटिमण्डमा जारी ‘नाडा अटो शो २०२६’ मा स्काईवेल ब्रान्डका ईभीप्रति अटोमोबाइल्स प्रेमीहरूको विशेष चासो देखिएको छ । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक एलआरआर मोटर्सले अटो शोको पहिलो दिन नयाँ ‘बीई ११’ मोडल सार्वजनिक गरेसँगै कम्पनीको स्टलमा अवलोकनकर्ताहरूको घुइँचो लागेको हो ।
५० लाखभन्दा कम प्रारम्भिक मूल्यमा उपलब्ध यो ईभी नाडा अटो शोमा राखिएका गाडीहरूमध्ये सबैभन्दा लामो (४,७२० एमएम) एसयूभी भएको प्रतिक्रिया अवलोकनकर्ताहरूले दिएका छन् ।
नेपाली बजारमा स्काईवेल बीई ११ दुई फरक ब्याट्री क्षमता र विभिन्न भेरियन्टमा उपलब्ध गराइएको छ । ५१.९१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको मोडलले ४१० किलोमिटर र ७१.९८ किलोवाट आवरको एनएमसी ब्याट्री प्याक रहेको मोडलले ५२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री भेरियन्टको नियमित मूल्य . ४९.९९ लाख, कम्फर्टको ५५.९९ लाख र लक्जरीको ५६.९९ लाख निर्धारण गरेको छ भने ५२० किमी रेन्ज दिने भेरियन्टको मूल्य ६४.९९ लाख तोकिएको छ ।
अटो शोलाई लक्षित गर्दै एलआरआर मोटर्सले विशेष नाडा छुट अफर पनि सार्वजनिक गरेको छ । अफरअन्तर्गत ४१० किमी रेन्ज दिने इन्ट्री मोडल ४६.९९ लाख, कम्फर्ट मोडल ५३.९९ लाख र लक्जरी मोडल ५४.९९ लाखमै उपलब्ध हुनेछ भने ५२० किमी रेन्ज दिने भेरियन्टलाई ५९.९९ लाखमा खरिद गर्न सकिनेछ । आकर्षक छुट र लक्जरी फिचरका कारण ग्राहकहरूले यस गाडीमा उच्च रुचि देखाएका छन् ।
दुवै ब्याट्री भेरियन्टमा १५० किलोवाट क्षमताको शक्तिशाली मोटर राखिएको छ, जुन डिसी फास्ट चार्जरमार्फत मात्र ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुन सक्छ । नेपालका जुनसुकै बाटोमा सहजै चल्न सक्ने गरी यसमा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
यसका साथै प्यानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, प्रशस्त क्याबिन स्पेस र आधुनिक बडी डिजाइनले गर्दा स्काईवेल बीई ११ ले प्रिमियम ईभी खोजिरहेका ग्राहकलाई आकर्षित गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...