नेपालमै उत्पादन गरिएको पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को प्रि–बुकिङ नाडा अटो शोमा खुला
काठमाडौं–नाडा अटो शो २०२६ को अवसर पारेर सिप्रदी यात्रीले नेपालमै उत्पादन...
काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ ।
सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा भित्रिएर आफ्नो आकर्षक डिजाइन, फराकिलो इन्टेरियर र व्यावहारिक ड्राइभिङ रेन्जका कारण लोकप्रिय बनेको नामी बक्सको सफलतालाई निरन्तरता दिँदै यो परिमार्जित मोडल बजारमा ल्याइएको हो ।
नयाँ बक्स ई२ ले विशेषगरी सहरी प्रयोगकर्ता, युवा ग्राहक र पहिलो इलेक्ट्रिक कारको खोजीमा रहेका परिवारलाई लक्षित गर्दै इलेक्ट्रिक मोबिलिटीलाई अझ पहुँचयोग्य र सहज बनाउने लक्ष्य राखेको छ ।
नयाँ नामी बक्स ई२ मुख्य गरी बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा उपलब्ध गराइएको छ । नाडा अटो शोको अवसर पारेर कम्पनीले बक्स ई२ ३३० को विशेष मूल्य २९.लाख ९९ हजार बक्स ई२ ४३० को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । अटो शो सकिएपछि यी मोडलहरूको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार कायम हुनेछ । यसका साथै, सिल्भर तथा डुअल–टोन रङका गाडी रोज्ने ग्राहकका लागि थप ५० हजार शुल्क लाग्नेछ ।
गाडीको रेन्ज र फिचरको कुरा गर्दा बक्स ई२ ३३० ले २३७ किलोमिटर र बक्स ई२ ४३० ले ३१७ किलोमिटर सम्मको डब्लुएलटीपी ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । नयाँ मोडललाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउनका लागि अघिल्लो मोडलमा रहेका लेभल२ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ जस्ता फिचरहरू भने हटाइएको छ ।
यद्यपि, यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग, डार्क मोड र इन–बिल्ट कारप्ले जस्ता आधुनिक सुविधा यसमा समावेश छन् । नेपालका सडकमा पहिले नै दुई हजारभन्दा बढी नामी सवारीसाधन गुडिरहेको अवस्थामा नयाँ मोडलले ग्राहकलाई थप उत्कृष्ट विकल्प प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...