सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

काठमडौं – हालको विषम परिस्थितिमा राष्ट्र पुनःनिर्माणमा साझेदार बन्नका लागि स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले स्काईवेल ईभी डेलिभरी गर्ने विशेष योजना ल्याएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिलेको बिषम परिस्थितिमा आर्थिक मन्दी लगायत देशभरी भएको अपुरणिय क्षतिका क्रममा धेरै सवारी साधनहरु पूर्णरुपमा भएको क्षतिले गर्दा नेपालीहरुको महान चाडबाड दशैं एवम् तपाईंको दैनिक साथै व्यावसायिक साझेदार बन्न विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै ‘स्काईवेल जी मोटर्स परिवार’ ले तपाईंको सहयोगी बन्दै तुरुन्तै नयाँ स्काईवेल ईभी सवारी डेलिभरी गर्ने विशेष योजना ल्याएको छ ।’

यस योजनामा सहभागी हुनका लागि आफ्नो नजिकामा रहेको स्काईवेलको शोरुमहरुमा गएर आफ्नो क्षति भएको सवारी साधनको प्रमाणित बिमा क्लेमको डकुमेन्ट बुझाई तुरुन्तै नयाँ गाडी डेलिभरी लिन सक्ने जी मोटर्सले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकको अपूरणिय क्षतिलाई मनन गर्दै १० लाख रुपैयाँ सम्मको विशेष सहयोग प्राप्त गर्न सकिनेछ भने हरेक स्काईवेल ईभीको खरिदमा आईफोन १७ पनि प्राप्त हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा उपलब्ध स्काईवेलको ईटी५ लङ रेन्ज भेरिएन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, बीई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । बीई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यी दुवै मोडल फुल साइज एसयूभी हुन् ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ ı स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।

सम्बन्धित समाचारहरू

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

सरकारले विद्युतिय सवारी साधनका लागि चार्जिङ स्टेशन विस्तारमा निजी...

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले आफ्नो घरेलु बजार चीनमा नयाँ मिडसाइज एसयूभी सङ अल्ट्रा ईभी लन्च...

दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...