१२ मिनेटमै १० हजार अर्डर, जिली ब्याटलशिप ७०० सार्वजनिक
काठमाडौं–चिनियाँ अटो निर्माता जिलीले नयाँ प्लग–इन हाइब्रिड अफरोड एसयूभी...
अटोमोबाइलको दुनियाँमा एउटा नयाँ युगको सुरुवात भएको छ। चिनियाँ कम्पनी क्विकव्हिलले 'स्काईराइडर एक्स६' नामक एक क्रान्तिकारी उड्ने मोटरसाइकल प्रस्तुत गरेको छ । सो दुई पाङ्ग्रे सवारीसाधन जमिनमा गुड्नुका साथै हावामा पनि उड्न सक्ने क्षमता राख्छ।
स्काईराइडर एक्स६ को मूल्य ६९ हजार अमेरिकी डलर तोकिएको छ । सो अत्याधुनिक मोटरसाइकलले ट्राफिक जामको झन्झटबाट मुक्ति दिलाई सिधै आफ्नो गन्तव्यसम्म उडेर पुर्याउने सपना साकार पारेको छ।
स्काईराइडर एक्स६ एक ड्युअल मोड कन्फिगरेसनमा आधारित छ । यसमा रियर ह्विल ड्राइभ प्रणाली मिड-माउन्ट गरिएको छ र आकासमा उड्नका लागि ६ वटा रोटर र ६ वटा अक्ष भएको इलेक्ट्रिक प्रोपल्सन सिस्टम जडान गरिएको छ।
स्काईराइडर एक्स६ मा १०.५ किलोवाट आवरको ब्याट्री प्याक छ, जुन डीसी फास्ट चार्जिङको मद्दतले एक घण्टामै फुल चार्ज गर्न सकिन्छ । जमिनमा चलाउँदा यसको गति ७० किलोमिटर प्रतिघण्टा रहन्छ र फुल चार्जमा करिब २०० किलोमिटरसम्म दूरी तय गर्न सक्छ। आकाशमा भने यसको गति ७२ किलोमिटर प्रतिघण्टा हुन्छ र यो २० मिनेटसम्म उड्न सक्छ। कम्पनीका अनुसार, सो सवारी छोटो दूरीको यात्रा र आपतकालीन अवस्थामा अत्यन्त उपयोगी हुन सक्छ।
सेफ्टीका लागि स्काईराइडर एक्स६मा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा अटोमेटिक टेकअफ र ल्यान्डिङ प्रणाली, रुट प्लानिङ र जोइस्टिक कन्ट्रोल उपलब्ध छ । साथै यसमा रिजर्भ प्रोपल्सन सिस्टम पनि छ, जसले एक मोटर फेल भएमा अर्कोले तुरुन्त काम गर्छ। यसमा ब्यालिस्टिक प्यारासुट समेत समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...