स्कोडाको नयाँ इलेक्ट्रिक कारकाे टिजर सार्वजनिक, २०२६ सम्ममा ६ कार लन्च गर्ने

स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर सार्वजनिक गरेको छ। सो कार फक्सवागनको एमइबी मोड्युलर ईभी प्लेटफर्ममा आधारित हुनेछ ।

कम्पनीले टिजरमा कारको फ्रन्ट लुक मात्र देखाएको छ । कम्पनीका अनुसार कारमा स्प्लिट हेडल्याम्प डिजाइन दिएको छ, जसमा बोनेट लाइनमा टुटेको एलईाडी डीआरएल स्ट्रिप र तलको बन्द ग्रिलमा इलुमिनेटेड एलिमेन्ट हुनेछ । कम्पनीले कारमा ठूला पाङ्ग्रा र म्याट्रिक्स एलईडी हेडल्याम्प पनि हुने पृष्टि गरेको छ ।

स्कोडा एलरोकको विश्व प्रिमियर यस वर्षको अन्त्यमा हुनेछ । एलरोक र एन्याक बाहेक कम्पनीले मार्च २०२४ को शुरुमा एपिक नामक अर्को कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको टिजर पनि जारी गरेको थियो। रिपोर्टका अनुसार एपिक पनि एमइबी मोड्युलर ईभी प्लेटफर्ममा आधारित हुनेछ।

कम्पनीले एलरोक भारतमा लन्चको बारेमा कुनै जानकारी दिएको छैन। यद्यपि स्कोडाले २०२६ सम्ममा भारतीय बजारमा ६ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्नेछ। स्कोडाले सो कारको सिल्हूट तस्बिर पनि सार्वजनिक गरेको थियो। यी कारमध्ये ४ वटा नयाँ इलेक्ट्रिक कार हुनेछ । यसमा ४.१ मिटर सानो एसयूभी, कम्प्याक्ट एसयूभी, कम्बी वागन र ४.९ मिटर लामो एमपीभी  समावेश छ। बाँकी दुई एन्याक र एन्याक कुपेको अपडेटेट मोडेल हुनेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको बेजोड योजना

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको बेजोड योजना

काठमाडौं – स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ...

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा काइलकको सफल परीक्षण

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा काइलकको सफल परीक्षण

काठमाडौं–स्कोडाले काइलकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक...

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लिगेसी, नेपालको यात्रा अर्थपूर्ण रूपमा स्थापित

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लिगेसी, नेपालको यात्रा अर्थपूर्ण रूपमा स्थापित

१३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...