४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको मोन्टे कार्लो भेरिएन्ट यसै महिनाको ९ तारिखमा लन्च गर्ने भएको छ । यो नयाँ एसयुभीमा स्पोर्टी ब्ल्याक आउट लुक र एड्भान्स फिचर पाउन सकिने कम्पनीले जनाएको छ ।

यो नयाँ एसयुभीमा ब्ल्याक ग्रिल, स्मोक्ड हेडलाइट र टेललाइटको साथै ब्ल्याक आउट स्किड प्लेट, विंग मिरर, रूफ रेल्स र रियर बम्पर समावेश हुनेछ । नयाँ कुशाक मोन्टे कार्लोमा थप रङ विकल्पहरू पनि उपलब्ध हुनेछ । एसयूभीको बाहिरी भागमा ‘मोन्टे कार्लो’ ब्याजिङ पनि हुनेछ र कारमा नयाँ ब्ल्याक अलोय ह्विल पनि उपलब्ध हुनेछ ।

यसको डिजाइन र लेआउट भने पुरानो मोडल जस्तै हुनेछ । एसयूभीमा रातो रङको एक्सेन्टसहितको नयाँ स्पोर्टी ब्ल्याक इन्टेरियर हुनेछ । कुसाकको टप स्पेक स्टाइलमा उपलब्ध लगभग सबै फिचरहरू यो एसयुभीमा समाबेश गरिने जनाइएको छ । तथापी यो नयाँ एडिसनमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर सहित केही फरक फिचरहरू हुने अपेक्षा गरिएको छ ।

यो एसयुभी दुई पेट्रोल इन्जिनको साथ लन्च गरिनेछ, जसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई इन्जिनले ११३ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्नेछ भने दोस्रो १.५ लिटर ४ सिलिन्डर टीएसआई इन्जिनले १४८ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्नेछ । यो एसयुभीको मूल्य १९ लाख भारुसम्म पर्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...