स्कोडा कुशाकमा अफर : अहिले किने ६ महिना पश्चात मात्र ईएमआई तिर्न सकिने
काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले...
स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको मोन्टे कार्लो भेरिएन्ट यसै महिनाको ९ तारिखमा लन्च गर्ने भएको छ । यो नयाँ एसयुभीमा स्पोर्टी ब्ल्याक आउट लुक र एड्भान्स फिचर पाउन सकिने कम्पनीले जनाएको छ ।
यो नयाँ एसयुभीमा ब्ल्याक ग्रिल, स्मोक्ड हेडलाइट र टेललाइटको साथै ब्ल्याक आउट स्किड प्लेट, विंग मिरर, रूफ रेल्स र रियर बम्पर समावेश हुनेछ । नयाँ कुशाक मोन्टे कार्लोमा थप रङ विकल्पहरू पनि उपलब्ध हुनेछ । एसयूभीको बाहिरी भागमा ‘मोन्टे कार्लो’ ब्याजिङ पनि हुनेछ र कारमा नयाँ ब्ल्याक अलोय ह्विल पनि उपलब्ध हुनेछ ।
यसको डिजाइन र लेआउट भने पुरानो मोडल जस्तै हुनेछ । एसयूभीमा रातो रङको एक्सेन्टसहितको नयाँ स्पोर्टी ब्ल्याक इन्टेरियर हुनेछ । कुसाकको टप स्पेक स्टाइलमा उपलब्ध लगभग सबै फिचरहरू यो एसयुभीमा समाबेश गरिने जनाइएको छ । तथापी यो नयाँ एडिसनमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर सहित केही फरक फिचरहरू हुने अपेक्षा गरिएको छ ।
यो एसयुभी दुई पेट्रोल इन्जिनको साथ लन्च गरिनेछ, जसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई इन्जिनले ११३ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्नेछ भने दोस्रो १.५ लिटर ४ सिलिन्डर टीएसआई इन्जिनले १४८ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्नेछ । यो एसयुभीको मूल्य १९ लाख भारुसम्म पर्ने अनुमान गरिएको छ ।
काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले...
स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा...
अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलरलाई डेढ महिना अघि अमेरिकी राजदुत -यान्डी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...