स्कोडा स्लाभियाको रेकर्ड सेल, कुशाकको राम्रो प्रतिक्रिया, इलेक्ट्रिक समेत छिट्टै उपलब्ध हुने

भारतीय बजारमा स्कोडा स्लाभियाले निकै नै राम्रो प्रतिक्रिया पाएको छ । कम्पनीका अनुसार आगामी तीन महिनाका लागि स्लाभिया पूर्ण रूपमा बुक भइसकेको छ । अन्य कम्पनीका कारको बुकिङ रद्द गर्ने दर दोहोरो अंकमा हुने गरेको सन्दर्भमा स्लाभियाको बुकिङ रद्द गर्ने दर २ प्रतिशतभन्दा कम छ ।

हाल स्कोडा अटो इन्डियाको बिक्री ५ गुणाले बढेको छ । स्कोडाले गत वर्षको मार्चमा ११५९ युनिट र यो वर्षको मार्च महिनामा ५ हजार ६०८ युनिट कार बिक्री गरेको थियो । स्कोडाले जनवरीदेखि हालसम्म १३ हजार १२० युनिट बिक्री गरिसकेको छ ।

कम्पनीका अनुसार एक महिनाभन्दा कम अवधिमा स्लाभियाका १० हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ । जसका कारण पछिल्लो महिनामा सवारी साधनको बिक्रीमा उल्लेख्य उछाल आएको छ । स्लाभियाको लोकप्रियताका कारणले गर्दा मिड साइज सेडान सेगमेन्टमा प्रतिस्पर्धा झनै कठिन हुँदै गइरहेको छ । सो सेगमेन्टमा होन्डा सिटी अग्रस्थानमा रहेको छ र त्यसपछि हुन्डाई भर्ना र मारुती सियाज रहेको छ ।

स्कोडाको मिड साइजको एसयूभी स्कोडा कुशाकले पनि ग्राहकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । कम्पनीले स्लाभिया र कुशाक मिलेर भारतमा नयाँ बिक्री रेकर्ड कायम गर्ने अपेक्षा गरेको छ ।

स्कोडाले आफ्नो इन्डिया २.० अन्तर्गत २ नयाँ मोडल ल्याएको छ जसको बुकिङ ४० हजार नाघेको छ । हालै स्कोडा ग्लोबलका सीईओ थोमस शेफरले कम्पनीले चाँडै नै भारतमा ४ मिटरभन्दा सानो एसयूभी लन्च गर्ने बताएका थिए । यसबाहेक कम्पनीले भारतमा इलेक्ट्रिक एसयूभी इन्याक समेत ल्याउने तयारी गरेको छ ।

स्कोडाले आफ्नो मिड साइज सेडान कार स्लाभियालाई मार्चमा १० लाख ६९ हजार भारुमा लन्च गरेको थियो । यसको टप भेरिएन्टको मूल्य १५ लाख ३९ हजार भारु राखिएको छ, जसमा अटोमेटिक ट्रान्समिसन र सनरुफ जस्ता फिचरहरू उपलब्ध छन् । स्लाभिया एमक्युबी प्लेटफर्ममा बनाइएको छ ।

स्वालिया हाल १.०–लिटर टीएसआई इन्जिनमा पेश गरिएको छ । जुन एक्टिभ र एम्बिशन मोडेल गरी २ इन्जिनमा उपलब्ध छ । यसको टप मोडलमा १.५ लिटर परफर्मेन्स पेट्रोल इन्जिन हुनेछ । यसको १.० लिटर इन्जिनले ११३ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्नेछ, जबकि १.५ लिटर इन्जिनले १४८ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ ।

नेपाली बजारमा समेत स्कोडा स्लाभिया ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ । नेपाली बजारमा समेत यो गाडीको प्रतीक्षा भइरहेको छ भने स्कोडा कुशाकले पहिले देखि नै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्टी लुक र अत्याधुनिक प्रविधिसहित नयाँ इलेक्ट्रिक एसयूभी इलराेक आरएस लन्च गर्ने तयारीमा स्काेडा

स्पोर्टी लुक र अत्याधुनिक प्रविधिसहित नयाँ इलेक्ट्रिक एसयूभी इलराेक आरएस लन्च गर्ने तयारीमा स्काेडा

स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले...

प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।...

स्कोडा अटो इन्डिया प्रोजेक्ट २.० सफल : स्कोडाको तेस्रो ठूलो बजार बन्यो भारत

स्कोडा अटो इन्डिया प्रोजेक्ट २.० सफल : स्कोडाको तेस्रो ठूलो बजार बन्यो भारत

स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...